जनता टाइम्स

३१ भाद्र २०७६, मंगलवार १६:३९

बर्षाको प्रभाव : कतै पुल डुब्यो, कतै किसानका खेतमा हेलिकप्टर आए


काठमाडौं, भदौ ३१

सोमबार रातिदेखि परेको निरन्तर वर्षाले जनजिवन प्रभावित भएको छ । वर्षाका कारण कतिपय विमानहरु डाइर्भट गरिएका छन् भने कतिपय हेलिकप्टर किसानका खेत खेतमा आकस्मिक अवतरण गरेका छन् ।

यसैक्रममा सेती नदिले पुल आधाभन्दा बढि डुवाएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथिको पुल वर्षासँगै आएको बाढीले डुबाएको हो । सेतीनदीले पुल डुबाएसँगै उक्त पुल जोखिममा परेको छ । साथै यातायात सेवा समेत अवरुद्ध भएको छ ।