जनता टाइम्स

१ आश्विन २०७६, बुधबार ०९:५२

विरामी बोकेर जाँदै गरेको जिप दुर्घटनाका बेपत्ताको पहिचान खुल्यो


संखुवासभा, असोज १

धर्मदेवीनगरपालिका–८ अक्करको भीरमा भएको जिप दुर्घटनाका बेपत्ताहरुको परिचान खुलेको छ। खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जिप मंगलबार राति १० बजे अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बेपत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ का सन्तोष बिक, खाँदबारी–९ का संगम श्रेष्ठ, सदीक्षा श्रेष्ठ, दुई महिने बालक समीर श्रेष्ठ ,प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन् ।

जिपले दुई जना बिरामी बोकेको थियो । बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको हो। दुर्घटनामा बेपत्ताहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म फेला पर्न सकेको छैन ।