जनता टाइम्स

१ आश्विन २०७६, बुधबार ११:२७

प्रहरी हिरासतमै तीन युवतीमाथि चरम यौन शोसन, नांगै बनाएर कुटपीट


कठमाडौं, असोज १ । शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीले नै हिरासतमै यौन शोसन गरेको घटना सार्वजनिक भएको छ । भारतको असाममा प्रहरीले महिलामाथि यौन शोषण गरेको घटना सार्वजनिक भएको हो ।

भारतीय समाचार एजेन्सीहरुले जनाएअनुसार एक प्रहरीले तीन जना दिदीबहिनीसँग प्रहरी हिरासतमै कुटपिट गर्ने तथा उनीहरुमाथि यौन शोषण गर्ने गरेको तथ्य बाहिर खुलेको हो । ती प्रहरीले महिलाको कपडा फुकालेर कस्टडीमै कुटपिट गरेका थिए । यो असमस्थित दारंग जिल्लाको घटना हो । एक महिलालाई बन्धक बनाएको आरोपमा प्रहरीले तीन जना दिदीबहिनीलाई पक्राउ गरेको थियो । सो घटनालगत्तै दुई प्रहरी निलम्बनमा परेका छन ।

असमका डिजिपी कुलधर सैकियाका अनुसार थानाका सब इन्सपेक्टर महेन्द्र शर्मा र एक महिला कर्मचारी बिनिता बोरोलाई सस्पेन्ड गरिएको छ । गत १० सेप्टेम्बरमा तीनै जनालाई प्रहरीले नाङ्गो बनाएर यौन शोषण गरेको थियो । तीन बहिनी २८, ३० र १८ बर्षका हुन् । ९ सेप्टेम्बर मध्यरातमा प्रहरीले उनीहरुको घरबाट तीन दिदीबहिनीलाई पक्राउ गरेको थियो ।

ती तीन दिदीबहिनीका भाइले एक हिन्दु महिलालाई बन्धक बनाएको आरोप लागेको थियो । प्रहरी उनीहरुको भाइ पक्राउ गर्न आएको थियो । ती दिदीबहिनीले भाइ केही दिनदेखि घरमा नभएको र सम्पर्कमा पनि नरहेको प्रहरीसमक्ष बताएका थिए । तर प्रहरीले दिदीबहिनीलाई नै पक्राउ गरेर लगेको थियो । हिरासतमा लिएपछि यौन शोसन गरिएको उनीहरुले बताएका छन ।