जनता टाइम्स

२ पुष २०८०, सोमबार १५:५२

रुसी प्रधानमन्त्री चीन आउँदै


बेइजिङ, २ पुस । प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा रुसी महासंघका प्रधानमन्त्री मिखाइल मिशुस्टिन चीन भ्रमणमा आउँदै हुनुहुन्छ ।

दुई पक्षको २८ औँ नियमित बैठकमा भाग लिन उहाँ चीन आउँन लाग्नु भएको हो ।

उहाँ डिसेम्बर १९ देखि २० सम्म चीनमा रहनु हुनेछ ।

विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार यस बारे जनाकारी गराउनु भएको हो ।