जनता टाइम्स

१ आश्विन २०७६, बुधबार १२:४०

कार्यान्वयनमा आयो पर्यटनमन्त्रीको निर्णय : नेपाल एयरलाइन्सले दियो ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट


काठमाडौं, असोज १ । नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । बिभागीय मन्त्री योगेश भट्टराइले गर्नुभएको घोषणाअनुसार नेपाल एयरलाइन्सले आजैबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार छुट आजबाटै कार्यान्वयनमा आउने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो योजना सार्वजनिकको क्रममा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गर्नुभएको थियो । मन्त्री भट्टराईका सो निर्णयको कार्यान्वयनको शुरुवात सरकारी स्वामित्वको कम्पनीबाटै गर्ने उद्देश्यअनुसार उक्त निर्णय भएको हो ।

निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब निगमको आन्तरिक उडानमा यात्रुहरुले अग्रिम बुकिङ गरी टिकट लिन सक्ने भएका हुन । निगमले अधिकतम जहाजको उपयोग गरी दशैंमा यात्रुलाई सेवा दिने उद्देश्य राखेको पनि जनाएको छ ।