जनता टाइम्स

३ पुष २०८०, मंगलवार १५:३७

मङ्गोलियाको अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु


उलान बातोर, ३ पुस । मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार बिहान ७स्०२ बजे आगलागी भएको हो । दक्षिणी जिल्ला खान(उलको १० तले अपार्टमेन्ट भवनमा आगलागी भएको हो ।

सो आगलागीमा चार बालबालिका सहित एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएका छन् । उपचारका क्रममा घाइते अन्य दुईजना व्यक्तिको निधन भएको बताइएको छ ।

आगलागीको कारण पत्ता लगाउन अनुसन्धान छइरहेको छ ।