जनता टाइम्स

५ पुष २०८०, बिहीबार ०६:३०

संकल्प यात्राले मध्यपहाडमा जगाएको आशा


यात्राका क्रममा देखिएका दृष्यहरुले केपी ओली यो देशको राजनेता हो र उहाँकै नेतृत्वमा मुलुकको समृद्धि सम्भव छ भन्ने बिश्वास जनतामा रहेको पुष्टि गरेको छ । विविध कारणले अन्य दलमा रहेकोको पनि विश्वास चाँही केपी ओलीप्रति रहेको देखिएको छ 

यसिमा महत

नेकपा एमालेले बैतडीको महाकाली नदी किनारमा रहेको झुलाघाटबाट सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ पाँचथरको नेपाल–भारत सीमा चिवाभञ्ज्याङ पुगेर समापन भएको छ । मध्यपहाडी यात्रा समापन भएसँगै एमाले नेताहरूले अर्काे अभियान अघि बढाउने उदघोष गरिसकेका छन ।

एमालेले मध्यपहाडी लोकमार्गलाई यात्राका लागि रोज्नु मुलुकको विकास र समृद्धिका लागि निकै महत्वपूर्ण देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देख्नुभएको र थालनी गर्नुभएको मध्यपहाडको विकास र समृद्धिका कामको अवस्था अवलोकन गर्नु पहिलो कारण मान्न सकिन्छ । यात्राको क्रममा जनस्तरबाट आएको माग र बिश्वासले यो तथ्यलाई उजागर गरेको छ ।

जनमतका आधारमा लोकप्रियताको हिसावले नेपालको पहिलो पार्टी हो एमाले । आजका शीर्ष नेताहरूमध्ये सर्वाधिक लोकप्रिय नेता पनि एमाले अध्यक्ष ओली नै हुनुहुन्छ भन्ने लगभग निर्विवाद सत्य हो । त्यसैले मुलुकको समृद्धिको नेतृत्व ओली नेतृत्वको एमालेले नै गर्नुपर्छ भन्ने जिम्मेवारी बोध अर्को कारण हुनसक्छ यात्राको ।

युवा विदेश पलायन, बसाइँसराई, बाँझो खेतबारी, स्वास्थ्य तथा शिक्षाको उपयुक्त पहुँच, सञ्चार, खानेपानी, सडक पूर्वाधार नहुनु नै हो । धेरै गाउँमा युवाशक्ति विदेशिनु, पहाडका खेतवारी बाँझै राखेर सहज ठाउँमा बसाँइसराई मूख्य समस्या रहेछ मध्यपहाडमा

मध्य पहाडका समस्या भनेको विशेषतः युवा विदेश पलायन, बसाइँसराई, बाँझो खेतबारी, स्वास्थ्य तथा शिक्षाको उपयुक्त पहुँच, सञ्चार, खानेपानी, सडक पूर्वाधार नहुनु नै हो । धेरै गाउँमा युवाशक्ति विदेशिनु, पहाडका खेतवारी बाँझै राखेर सहज ठाउँमा बसाँइसराई मूख्य समस्या रहेछ मध्यपहाडमा । कृषिजन्य खेतियोग्य जमिन बाँझो रहनु त स्वभाविक नै हो युवा पलायन भएपछि । कहीँ–कहीँ बाँझो रहेको भए पनि धेरै ठाउँमा भने वर्षेनि खेति गरेको पाइयो ।

बाटोका कारण बजारसम्म कृषि उत्पादन पुर्याउन नसकिने हुँदा खेतीले पेट पाल्नै समस्या हुने गरेको स्थानीयको गुनासो थियो । धेरै वृद्धवृद्धा बा–आमाले आफ्नो छोराछोरी नेपाल फिर्ता ल्याइदिनुस भनेर एमाले अध्यक्ष ओलीलाई प्रत्यक्ष भेटेरै भनेका थिए । त्यस्तै महिला दिदिबहिनीले आफ्नो श्रीमानलाई नेपाल कसरी राख्न सकिन्छ ? फिर्ता ल्याइदिनुपर्यो भनेर पनि आफ्ना समस्या पोख्नुभयो यात्राको क्रममा ।

यसका लागि एमालेले सामुहिक खेति मोडेलको विकास गर्न आफ्नो योजना पनि बनाइरहेको छ । यदि त्यो योजना सफल भयो भने युवा विदेश पलायन रोक्न नसकिए पनि कम गर्न सकिन्छ भन्ने स्थानीय एमाले नेता कार्यकर्तामा विश्वास पाइयो । एमालेले बनाएको मध्यपहाडी राजमार्गमा १० वटा नयाँ शहर बसाउने योजनाले यी समस्या हल गर्ने र मध्यपहाड गुल्जार हुने आशा गर्न सकिन्छ ।

ती १० ठुला शहर निर्माण गरिने भनेको पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटन हो । यही योजनाका साथ यात्राका क्रममा ती ठाउँहरुको विशेष अध्ययन समेत गरिएको छ ।

आ–आफ्ना ठाउँका समस्या र त्यसलाई हल गर्ने उपायसहितको मागपत्र यात्राका क्रममा प्रायः हरेक पालिका र जिल्लाका स्थानीय कमिटीले दिएका छन । यो एउटा पार्टीको मात्र नभई सिंगो मुलुकका महत्वपूर्ण सम्पति हो भन्नेमा दुई मत छैन । यी मागपत्रले योजना निर्माण, प्राथमिकीकरण गर्न सघाउ पुर्याउने र एमाले सरकारमा गएका बेला कतै अलमल नगरी सुरुदेखि नै द्रुत गतिमा काम अघि बढाउन मद्दत गर्नेछ ।

यात्राका क्रममा विभिन्न दलका स्थानीय नेता कार्यकर्ताले दलीय आस्थाभन्दा माथि उठेर भव्य स्वागत एवं सम्मानका साथै आफ्ना ठाउँको विकासका लागि गर्नुपर्ने कामहरुको लिखित फेहरिस्त नै बुझाउनुभएको थियो । यात्राका क्रममा देखिएका यी दृष्यहरुले केपी ओली नै यो देशको राजनेता हो र उहाँकै नेतृत्वमा मुलुकको विकास र समृद्धि सम्भव छ भन्ने पुष्टि गर्छ 

पहाडमा विकासका प्रचुर सम्भावना छन । तर गर्नेको खुट्टा तान्ने र मुलुकको विकास र जनताको समृद्धि ‘भाँडमा जाओस’ आफू तथा आफ्ना आसेपासेको मात्र समृद्धि खोज्नेहरू सरकारमा भएकाले जनतामा निरासा बढेको प्रष्टै अनुभव यात्राले गरायो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा बनाइएका बाटाघाटा कुनै अधुरै रहेका त कुनै सुरु नै नभएका दृष्यहरु पनि देखियो । ओली सरकारका पालामा बनाइएका सडक पनि आवश्यक मर्मतसम्भारका अभावमा झन खराब भएको देखियो । कतिपय स्थानमा त एमाले सरकार हटेपछि काम एक पाइला अघि नबढेको पाइयो ।

यात्राका क्रममा विभिन्न दलका स्थानीय नेता कार्यकर्ताले दलीय आस्थाभन्दा माथि उठेर भव्य स्वागत एवं सम्मानका साथै आफ्ना ठाउँको विकासका लागि गर्नुपर्ने कामहरुको लिखित फेहरिस्त नै बुझाउनुभएको थियो । यात्राका क्रममा देखिएका यी दृष्यहरुले केपी ओली नै यो देशको राजनेता हो र उहाँकै नेतृत्वमा मुलुकको विकास र समृद्धि सम्भव छ भन्ने पुष्टि गर्छ । भलै विविध कारणले उहाँहरु अन्य दलमा रहनुभएको होस् । विश्वास चाँही केपी ओलीप्रति नै देखियो । यसले पनि के सन्देश दिन्छ भने यो नेकपा एमालेको मात्रै अभियान होइन, राष्ट्रिय अभियान हो ।

अन्य दलमा रहेका ठूला भनिएका नेताहरु सबै जिल्लामा नपुग्ने, कसैको कुरा नसुन्ने प्रवृत्ति रहेका कारण पनि केपी ओली पुग्दा स्थानीय जनताले हृदयदेखि नै हार्दिकता देखाएको पाइयो । अर्को कुरा यो यात्रा एमाले कार्यकर्तामा उत्साह भर्न पनि निकै फलदायी बन्यो ।

यो यात्रामा कार्यतालिका भन्दा बाहिरको कार्यक्रममा पनि अध्यक्ष ओलीले नै सम्बोधन गर्नुभयो । किनभने यस अभियानका क्रममा अध्यक्ष ओलीलाई नजिकबाट हेर्न, भेट्न र उहाँका कुरा सुन्न स्थानीयहरुको तछाडमछाड देखिन्थ्यो ।मंसिर महिनाको चिसो, कठ्याङ्ग्रिदो जाडोमा पनि टाढा–टाढादेखि हेर्न र मिलेसम्म भेट्न उहाँहरु आउनुभएको थियो । यद्यपी समय अभाव, बाटोको अवस्था आदीले गर्दा उहाँले सबैलाई व्यक्तिगत रुपमा भेट्ने इच्छा हुँदाहुँदै पनि संभव देखिएन । केही मानिसहरु टाढा–टाढाबाट पैदलै हिँडेर आएर पनि भेट गर्न पाउनुभएन, खैर अध्यक्ष ओलीको भाषण मात्रै सुनेर भएपनि उहाँहरु खुसिले घर फर्किनुभयो ।

यता कतिपय विरोधीले यो यात्राको अनेकानेक टिप्पणी गरेपनि नेकपा एमालेले मिसन २०८४ कै संज्ञा दिएको छ । सोही कारण अध्यक्ष ओलीले हरेक कार्यक्रममा पटक–पटक अबको निर्वाचनमा बहुमत आउने गरी काम गर्न स्थानीयलाई आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले वडा कमिटीमा ५१ प्रतिशत ल्याउने गरी काम गर्न निर्देशनसमेत दिनुभएको छ । त्यसैगरी ०८४ को निर्वाचनमा बहुमत आए मध्यपहाडमा देखिएको समस्याको हल दृढ अठोट गर्नुभएको छ ।

‘सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय’ भनिएको यात्राले मध्यपहाडका नागरिकलाई एउटै मालामा उन्न सफल भएको एमाले नेताहरूको बुझाई छ । पार्टीको अधिवेशन अथवा चुनावी सभा लक्षित कार्यक्रम बाहेक अन्य समयमा हत्तपत्त ठुला नेता मुस्किलले केही ठाउँमा पुग्लान । तर यसरी कहिल्यै नपुग्ने ठाउँमा एमालेले आफ्नो यात्राको रुट बैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम, रुकुमपूर्व, गुल्मी, बागलुङ, पर्वत, कास्की, लमजुङ, गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथरलाई बनाएको हो ।

एमालेले बैतडी जिल्लाको झुलाघाटबाट मंसिर १४ गते विहान ८ बजेर ३० मिनेटमा समृद्धिका लागि सुरु गरेको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर मध्यान्ह सवा १२ बजे सम्पन्न गरेको हो । अभियानको सुरुवातको अघिल्लो दिन सूदूरपश्चिमको धनगढीबाट सडक यात्रा गर्दै बैैतडी पुगेर एमालेका नेता कार्यकर्ता १९ दिने यात्रामा सरिक भएका हुन । झुलाघाटमा पार्टीका पदाधिकारीसहित केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश तथा जिल्ला कमिटी, स्थानीय तहका नेतातथा उपलब्ध कार्यकर्ताहरु सँगसँगै देश बनाउने संकल्प यात्रामा सरिक हुनुभएको थियो ।

यात्रा प्रारम्भदेखि नै सहभागि भएर हिँड्दा उक्त यात्रामा देखिएका धेरै थरीका तस्बिर अहिले पनि झल्किरहेको छ । यात्रा अवधिमा भएका सबै कार्यक्रममा स–साना बालबालिका, युवायुवति, बच्चाका आमा, एकल महिला र वृद्धवृद्धाको भिड देख्दा अचम्म लाग्यो । त्यसो त रातको ११ बजेसम्म पनि कार्यक्रममा रहेर अध्यक्ष ओलीको भाषण सुनेको देख्दा अहिले पनि चकित छु ।

यता दुई–दुई पटक मृगौला प्रत्यारोपण गरेको आफ्नो जीर्ण शरीर बोकेर अध्यक्ष ओली आफै आफ्नो स्वास्थ्य भन्दा पनि राष्ट्र निर्माणको भबिष्यप्रति चिन्ता लिंदै ७२ बर्षको उमेरमा हिँड्नुभएको देख्दा झनै पुलकित छु । उहाँको यो आँटलाई यतिबेला जति प्रशंसा गरे पनि कम हुन्छ भन्ने ठान्छु । कतिपय ठाउँमात उहाँले सडक छेउछाउका पसलहरुमा पसेर त्यहाँको उत्पादित खानेकुरा खाँदै उक्त सामानको मूल्यभन्दा बढी रकम दिएर पनि हिड्नुभयो । यसले स्थानीय उत्पादनलाई प्रोत्साहन पनि मिलेको अुनभव भयो ।