समृद्धिका लागि सङ्कल्प यात्रालाई न कुनै झरीले रोक्न सक्यो न त कठ्याङ्ग्रिदो जाडो र शीतलहरले नै छेक्न सक्यो । घरमा आराम गर्नुपर्ने उमेरमा पनि केपी ओलीमा यस किसिमको आत्मबल, दृढता र आत्मविश्वास कहाँबाट र कसरी बढेको हुन्छ ? यो आश्चर्यलाग्दो छ
हरि ज्ञवाली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मङ्सिर १४ गतेदेखि गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न भयो । तीन साता लामो पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ ले जनतामा फैलदै गएको निराशालाई आशामा परिणत गरेको छ ।
अध्यक्ष ओली आफ्नो उमेर र शारीरिक अवस्थाले त्यति साथ नदिँदा–नदिँदै पनि मुलुकको मध्यपहाडी क्षेत्रका जनताका समस्या, चाहना र आवश्यकता बुझ्दै गाउँ–ठाउँमा हिड्नुभयो । नेपालको मध्यपहाडी लोकमार्गमा बयस्क युवाझैँ रातदिन सयौँ किलोमिटरको यात्रा गर्नुभयो । दुई–दुईपटक मिर्गौला फेरेका केपी ओली वृद्धावस्थाको जीर्ण शरीर लिएर मङ्सिरको चिसा दिनरातमा विकास र समृद्धि सङ्कल्प यात्राको अग्रपंक्तिमा खट्नुभयो ।
साँझ–बिहान दबाई खाएर आराम गर्नुपर्ने समय र उमेरमा ओलीले मध्यपहाडी क्षेत्रका थुप्रै ठाउँमा जनसभा गर्नुभयो । जनभेला तथा भेटघाटहरू गर्नुभयो । वृद्ध–वृद्धादेखि बालबालिकाहरूसँग सामिप्यता जोड्नुभयो । कहिले मजदुर र किसानसँग अन्तरक्रिया गरी दोस्ती बढाउनुभयो त कहिले कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग मुलुकको भावी आवश्यकताका बारेमा छलफल गर्नुभयो । कलाकारसँगै सारङ्गी पनि रेट्न र मादल बजाउन पनि भ्याउनुभयो ।
सङ्कल्प यात्राकै क्रममा ओलीले कतै कृषि वैज्ञानिकहरूसँग संवाद गर्नुभयो त कतै विकास कार्यहरूको अवलोकन र नमुना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट गर्नुभयो । उहाँले ऐतिहासिक, धार्मिक र साँस्कृतिक स्थलहरूको अवलोकन पनि गर्नुभयो । जनताका अनुभूति, समस्या, गुनासा र सुझावहरू सुन्नमा व्यस्त रहनुभयो ।
ओलीले कहिले आफै माछा फ्राई गरेर अरूलाई खुवाउनुभयो त कहिले मञ्चबाटै दर्शकलाई सुन्तला बाँड्नुभयो । उहाँले मजदुरसँग मेसिनमा कपडा पनि सिलाउनुभयो । खेलाडीसँग मैदानमा खेल्न पनि सक्नुभयो । नवविवाहित दम्पतीलाई बधाई दिन पनि भ्याउनुभयो भने बालबालिकालाई काखमा राखेर स्नेह दिन पनि दिलाउनुभयो
‘समृद्धिका लागि सङ्कल्प यात्रा’ कै क्रममा अध्यक्ष ओलीले कहिले आफै माछा फ्राई गरेर अरूलाई खुवाउनुभयो त कहिले मञ्चबाटै दर्शकलाई सुन्तला बाँड्नुभयो । उहाँले मजदुरसँग मेसिनमा कपडा पनि सिलाउनुभयो । खेलाडीसँग मैदानमा खेल्न पनि सक्नुभयो । नवविवाहित दम्पतीलाई बधाई दिन पनि भ्याउनुभयो भने बालबालिकालाई काखमा राखेर स्नेह दिन पनि दिलाउनुभयो ।
उहाँको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ लाई न कुनै झरीले रोक्न सक्यो न त कठ्याङ्ग्रिदो जाडो र शीतलहरले नै छेक्न सक्यो । घरमा आराम गर्नुपर्ने उमेरमा पनि केपी ओलीमा यस किसिमको आत्मबल, दृढता र आत्मविश्वास कहाँबाट र कसरी बढेको हुन्छ ? यो आश्चर्यलाग्दो छ । ओलीले मध्यपहाडी क्षेत्रको यात्राका क्रममा राकम कर्णालीलाई नयाँ सहर बनाउने घोषणा गर्नुभयो । मध्यपहाडमा निर्माण भइरहेका दस वटा नयाँ शहरहरूको सूक्ष्म ढंगले अवलोकन गर्नुभयो । नयाँ राजमार्ग खुल्दै जाँदा पहाडी र दुर्गम गाउँ सुगम बन्दै गएको साक्षात्कार आम जनतासँग गर्नुभयो ।
केपी ओली नै यस्ता देशभक्त नेता हुनुहुन्छ, जसले भारतीय नाकाबन्दीको डटेर सामना गर्नुभयो । मिचिएको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा पनि जारी गर्नुभयो । ओलीले आफू पहिलोपटक प्रधानमन्त्री बनेदेखि नै मुलुकको समृद्धि र विकासका तमाम सपनाहरू नागरिकलाई देखाइरहनु भएको छ । मुलुकमा रेल कुदाउने र पानीजहाज दौडाउने सपना देखाउनु भएको छ । लोडसेडिङ सदाका लागि अन्त्य गर्ने सङ्कल्पसहित घरघरमा ग्यासको पाइप पुर्याउने विकल्प सुनाउनु भएको छ । हावाबाट बिजुली निकाल्नेजस्ता तमाम योजना पनि बताउनु भएको छ ।
नेपालको विकास र समृद्धिको यात्रामा केपी आलीले महाथिर, लि कुआन यू, इतो हिरोबुमी मेइजी जस्ता महान् नेताको झझल्को दिनुभएको छ । समकालीन नेपाली राजनीतिक नेतामध्ये केपी ओली नै सबैभन्दा बढी ‘भिजनरी’ देखिनुहुन्छ । केपी ओलीभित्र देश र जनताका लागि केही गर्ने हुटहुटी र सङ्कल्प भेटिन्छ । स्पष्ट अडान र दह्रो अठोट पाइन्छ
केपी ओली नेपाल भिखारीको देश नभएको तर्क गरिरहनु हुन्छ । नेपाल सधैँ गरिब र पिछडिएको हुनुहुँदैन भनिरहनु हुन्छ । देश र नागरिकका मूच्र्छित सपनाहरूलाई उजागर गरिरहनु हुन्छ । मुलुकको विकास र समृद्धिको आकांक्षालाई मुखरित गरिहनुहुन्छ । जनतामा हमेशा आशा र उत्साह जगाइरहनुहुन्छ् । पूर्व–पश्चिम रेल, उत्तर–दक्षिण रेल र पानी जहाज र घरघरमा पाइप ग्यासका उहाँका सपना राष्ट्रको दीर्घकालीन अपरिहार्य आवश्यकता हुँदैछन् । उहाँ समकालीन राजनीतिक नेतृत्वमध्ये सबैभन्दा धेरै भिजन, योजना र सङ्कल्प भएको नेताका रूपमा चिनिनु भएको छ ।
उहाँमा पारिवारिक लोभ र छुद्र महात्वाकांक्षा पाइँदैन । आफू र आफ्नी श्रीमतीको नाममा रहेको सारा सम्पत्ति राज्यको नाममा दिएको घोषणा गरिसक्नु भएको छ । तर बिडम्बना, हाम्रो मुलुकमा राजनीतिक पार्टी र नेतृत्वप्रति वितृष्णा जगाउने काम कुनै न कुनै समूहले सधैँजसो गरिरहेका हुन्छन । गरेका राम्रा काम केही नदेख्ने, सबै कुरा खराब मात्र देख्ने, जे भने पनि मजाक उडाएर खेदो खन्ने काम गरिरहन्छन । जे भने पनि वा जे गरे पनि नकारात्मक ढंगले व्याख्या गर्ने र समाजमा निराशा फैलाउने काम एउटा समूहले सदैव गरिरहेको हुन्छ ।
अझ यतिबेला त झन सबै पुराना राजनीतिक दलहरूले जनताको असली प्रतिनिधित्व गर्ने हैसियत गुमाइसके भनेर जबर्जस्त भाष्य निर्माण गर्न खोज्दैछन । आम जनताले व्यवस्थाकै विकल्प खोज्न थालेको अनावश्यक हल्ला फैलाउदै छन । फलस्वरूप प्रतिगमनकारीहरू पनि सलबलाउन थालेका छन । राजनीतिक दलहरूका थोरै कमजोरीलाई औंल्याएर र जनताका केही असन्तुष्टिलाई बहाना बनाएर सडकमा भीड जम्मा गर्ने प्रयास पनि व्यापक मात्रामा गरिरहेका छन ।
त्यस्ता समूहहरु समाजमा निराशा फैलाउने, नकारात्मक मनोविज्ञान निर्माण गर्ने प्रयत्न अँध्यारो कोठाबाट गर्दैछन । नेपालका नेताहरूले सब बिगारिसके, यहाँ केही छैन, अब मुलुक समृद्ध बन्दैन, बन्नै सक्दैन तसर्थ विदेश जानुबाहेक अर्को विकल्प छैन भन्दै तथानाम भ्रम छर्ने र हतास बनाउने दुष्प्रयास पनि गरिरहेकै छन ।
उनीहरुले जनताका गुनासा र निराशालाई संघीय लोकतान्त्रिक गणतन्त्रकै विरूद्धमा प्रयोग गर्ने प्रयास गरिरहेका छन । नेपालका राजनीतिक पार्टी र तिनका नेतृत्वप्रति अनेकौँ प्रश्न उठाइएका छन । पुराना पार्टीहरूको असफलता भन्ने भाष्य निर्माण गर्दै आफूसँग सबै समस्याको समाधान रहेको भ्रम छरिरहेका छन । यस्तो विषम परिस्थितिमा केपी ओलीको समृद्धिका लागि सङ्कल्प यात्राले मध्य पहाडमा विकास र समृद्धिका लागि अनन्त आशा जगाएको छ । यो अत्यन्त खुशीको कुरा हो ।
मुलुक आफै समृद्ध बन्दैन । मुलुकलाई समृद्ध बनाउनुपर्छ । मुलुकलाई समृद्ध बनाउन सही दृष्टिकोण, सार्थक योजना र दह्रो अठोट आवश्यक हुन्छ । दृष्टिकोण, योजना र अठोट व्यक्तिले नै दिने हो । आजको सन्दर्भमा त्यस्तो योजना, अठोट र दृष्टिकोण दिने काम केपी ओलीले गर्नुभएको छ । मुलुकको विकास र समृद्धिको आशा जगाउनुभएको छ । यो अत्यन्तै महत्वपूर्ण र सकारात्मक पक्ष हो ।
नेपालको विकास र समृद्धिको यात्रामा केपी आलीले महाथिर, लि कुआन यू, इतो हिरोबुमी मेइजी जस्ता महान् नेताको झझल्को दिनुभएको छ । समकालीन नेपाली राजनीतिक नेतामध्ये केपी ओली नै सबैभन्दा बढी ‘भिजनरी’ देखिनुहुन्छ
ओली नेतृत्वको नेकपाको लोकप्रिय सरकारलाई षडयन्त्रपूर्वक हटाइपछि उहाँको नेतृत्वमा थालेका विकास र समृद्धिका यात्रा अलपत्र परेका छन । यतिखेर सिद्धान्तहीन जगमा उभिएका दलहरूले आपसी सौदाबाजीमा मुलुकलाई नियन्त्रित रूपमा चलाइरहेका छन । उनीहरुले अप्राकृतिक र सिद्धान्तहीन गठबन्धन गरेर आआफ्नो स्वार्थसिद्धि गर्ने काम मात्रै गरिरहेका छन । यसको अन्त हुनु जरुरी छ ।
आजभोलि हाम्रो देश र पहाडका समस्याहरू केके हुन ? पहाडमा किन पूर्वाधार र उत्पादनको विषय जोडिन सकेको छैन ? पहाडबाट मानिस पलायन हुनुपर्ने वाध्यता केके हुन ? पहाडमा विकास र समृद्धिको ढाँचा कसरी निर्माण गर्न सकिन्छ ? विकास र पूर्वाधार निर्माणको ढाँचामा पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउन सकिन्छ ? भन्ने तमाम समस्याको पहिचानमा केपी ओली नेतृत्वकोे सङ्कल्प यात्रा कोसेढुंगा सावित भएको छ ।
अभियानले मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावनालाई बुझ्न र त्यहाँको विकासको योजना बनाउन यसले ठूलो सहयोग पुगेको छ ।देशको राजनीति अहिले अन्यौलतातर्फ उन्मुख भएको अवस्थामा संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ । एमालेका अध्यक्ष ओलीको भूमिका र सङ्कल्पको प्रशंसा गर्नैपर्छ ।
अन्त्यमा, नेपालको विकास र समृद्धिको यात्रामा केपी आलीले महाथिर, लि कुआन यू, इतो हिरोबुमी मेइजी जस्ता महान् नेताको झझल्को दिनुभएको छ । समकालीन नेपाली राजनीतिक नेतामध्ये केपी ओली नै सबैभन्दा बढी ‘भिजनरी’ देखिनुहुन्छ । केपी ओलीभित्र देश र जनताका लागि केही गर्ने हुटहुटी र सङ्कल्प भेटिन्छ । स्पष्ट अडान र दह्रो अठोट पाइन्छ । उहाँको त्यो सङ्कल्प, हुटहुटी, भिजन र अठोटलाई सही र सकारात्मक रूपमा उपयोग गर्न सके देशको विकास र समृद्धिका लागि कोसेढुंगा हुन सक्छ ।
(ज्ञवाली रूपन्देहीका वामपन्थी विश्लेषक हुनुहुन्छ )
प्रतिक्रिया दिनुहोस्