काठमाडौं, पुस १ । नेकपा एमालेकी नेतृ एवं प्रतिनिधिसभा सदस्य सुनिता बरालले संसदको आफ्नो एक वर्षे कार्यकालको रिपोर्ट कार्ड सार्वजनिक गर्नुभएको छ ।
एमालेबाट समानुपातिक सांसद रहनुभएकी बरालले एक बर्षको कामको बिवरण सार्वजनिक गर्नुभएको हो । गत मंसिरको निर्वाचनबाट समानुपातिकतर्फबाट सांसद भएकी बरालले विगत एक वर्षमा संघीय संसदका बैठक एवं संसदीय समितिका बैठकहरुमा नीतिगत र सार्वजनिक महत्व एवं चासोका विषयमा आफूले खेलेको भूमिका सार्वजनिक गर्नुभएको छ ।
‘प्रतिनिधिसभाको सदस्यको रूपमा मेरो जिम्मेवारीलाई मैले प्रयासहरुको मूर्त कार्यान्वयनको चरणसम्म पुर्याउने संकल्पको रूपमा लिएकी छु । सांसदको भूमिकामा मेरो प्रथम वर्षलाई मैले लामो समय विद्यार्थी आन्दोलन र विकासका विभिन्न अवयवको प्रत्यक्ष साक्षीको अनुभवलाई नीति निर्माणको व्यवहारिक तहमा कार्यान्वन गर्ने र सिक्ने अवसरका रूपमा उपयोग गरेकी छु,’ बरालले भन्नुभएको छ ।
उहाँले विधि र व्यवस्थाअनुसार जिम्मेवारी सम्हालेर परिणाम देखाउने अवसर नपाएर प्रतिपक्षमा बसेर सचेत गराउने जिम्मेवारीमा रहेको उल्लेख गर्नुभएको छ ।
जनताका एजेण्डामा सँगै उभिएर गलत क्रियाकलापमा सशक्त खबरदारी गरेको उल्लेख गर्दै सांसद बरालले सदन, सडकमा मतदाता र आमनागरिकसँगै रहेको पनि बताउनु भएको छ ।














प्रतिक्रिया दिनुहोस्