जनता टाइम्स

१२ पुष २०८०, बिहीबार १२:५०

सुनको मुल्यले बनायो ऐतिहासिक रेकर्ड


काठमाडौं, पुस १२ । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख २२ हजार कायम भएको छ। यसअघि मंसिर १८ गते प्रतितोला सुनको मूल्य १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको थियो।

तेजाबी सुन १ लाख २१ हजार ४ सय रुपैयाँ पुगेको छ। यसैगरी चाँदी तोलाको १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।