सुनसरी, पुस १२ । नेकपा एमाले इटहरीले इटहरी उपमहानगर पालिकाको नगरसभा बैठक हठात स्थगित गरिएको जनाउदै आपत्ति जनाएको छ ।
स्थगित १४ औ नगरसभाको बैठक तुरुन्त बोलाई कर समायोजन गर्न एमाले इटहरीले प्रेस बिज्ञप्ती जारी गरी जनाएको माग गरेको छ । कार्यवाहक अध्यक्ष रुपेश बस्नेतद्धारा जारी बिज्ञप्तीमा नगरसभाको बैठक एकतर्फी र हठात् ढंगबाट स्थगित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
बिज्ञप्तीमा भनिएको छ, ‘आर्थिक रुपमा अत्यन्तै जटिल अबस्था बाट गुज्रिरहेका नागरिकको अबस्थालाई न्यायोचित सम्बोधन र समाधान गर्न इटहरीको अबिभावकका रुपमा रहेका इटहरी सरकारका प्रमुख असक्षम रहेको आम नगरवासीले अनुभूत गरेका छन ।’
बिज्ञप्तिमा अगाडि भनिएको छ, ‘आर्थिक वर्ष २०८०/०८१ को नगर सभाबाट पारित आर्थिक ऐन २०८० ले व्यवस्था गरेको कर तथा राजस्वका दरमा विवाद आएपछि इटहरी–३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा कार्यदल गठन भएको थियो । पुस ४ गते सम्पन्न १३६ औँ कार्यपालिका बैठकले सुवेदीले बुझाएको प्रतिवेदन हुबहु पारित गरी १४ औं नगरसभा बैठकबाट अनुमोदन गरी कार्याबन्यन गर्ने निर्णय भएको थियो । सोही बमोजिम पुस ११ गते आह्वान गरिएको नगरसभा बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
इटहरी उपमहानगर पालिकाको १४ औँ नगरसभा बैठक बोलाएर बिना कारण स्थगीत गरिएको भन्दै इटहरी नगरसभामा प्रतिनिधित्व गर्ने नेकपा एमालेका नगरसभा सदस्यले हिजो नाराबाजी सहित बिरोध गरेका थिए ।
इटहरी ५ मा रहेको लायन्स क्लवको सभाहलमा दिउँसो १ बजेका लागी आह्वान गरिएको १४ औँ नगर सभाअन्तीम समयमा आएर स्थगीत गरीएको भन्दै नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यले नाराबाजी सहित बिरोध जनाएका हुन । इटहरी उपमहानगरपालिकाले सूचना जारी गर्दै विशेष कारणवस अर्को सुचना नभएसम्मका लागि नगरसभा बैठक स्थगित गरिएको जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्