जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १०:५३

त्रिकोणात्मक श्रृखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा


काठमाडौं, असोज २

तीन युवा खेलाडीलाई पहिलो मौका दिदै नेपालले सिंगापुरमा हुने त्रिकोणात्मक र ओमानमा हुने टि२० सिरिजको लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

टोलीमा अलाउन्डर कुशल मल्ल र शीर्षक्रमका ब्याट्सम्यान इशान पाण्डे पहिलो पटक टोलीमा परेका छन् । कुशल मल्लले पनि उमेर समुहमा राम्रो प्रभाव छाडेका छन् । इशान पाण्डेले गत जेठमा प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका थिए । कुशल र इशान दुबै देबे हाते खेलाडी हुन् ।

टोलीमा गत महिना सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा रहेका वसन्त रेग्मी, शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरी टोलीमा छैनन् । युवा खेलाडी दिपेन्द्र सिंह ऐरीलाई उप कप्तानको जिम्मेवारी दिएको छ । नेपाली टोलीमा आरिफ शेख, सन्दीप जोरा र सुसन भारीले पुनरागमन गरेका छन् ।

नेपालले सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म जिम्बाबे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । त्यस्तै अक्टोबर ५ देखी १० सम्म ओमानमा पाँच राष्ट्रबीच टि२० सिरिज खेल्ने छ । जसमा ओमान सहित नेपाल, हङकङ, नेदरल्यान्ड, आयरल्यान्ड छन् ।

नेपालको १५ सदस्य टोली

१.पारस खड्का (कप्तान),
२.दीपेन्द्र सिंह ऐरी (उप कप्तान),
३.कुशल मल्ल,
४.इशान पाण्डे,
५.सोमपाल कामी,
६.सन्दीप लामछाने,
७.करण केसी,
८.ललित नारायण राजवंशी ,
९.आरिफ शेख,
१०.सन्दीप जोरा,
११.विनोद भण्डारी ,
१२.पवन सरार्फ ,
१३.अभिनाश बोहोरा,
१४.रोहित कुमार पौडेल,
१५.सुशन भारी