जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार ११:२५

भारतसँग बार्ताका लागि पाक प्रधानमन्त्री इमरानको कडा शर्त


इस्लामाबाद, असोज २ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ताको लागि कडा शर्त अघि सारेका छन् । ‘भारतले पहिले जम्मू कश्मीरमा लगाएको कर्फ्यू हटाउनुपर्छ अनि मात्र भारतसँग वार्तामा बस्न सकिन्छ,’ प्रधानमन्त्री खानको भनाई उधृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले भनेका छन ।

पाकिस्तानी मिडियाका अनुसार प्रधानमन्त्री इमरान खानले भारतले कर्फ्यू नहटाएसम्म भारतसँग कुनै कुराकानी नहुने अडान पनि राखेका छन । ‘भारतसँग तव मात्र वार्ता हुन्छ जब, कश्मीरको विषयमा भारत सरकारले गरेको घोषणा फिर्ता लिन्छ,’ पाक प्रधानमन्त्री इमरानको भनाई छ ।

भारत सरकारले जम्मू कश्मीबाट संविधानको धारा ३७० हटाएपछि भारत–पाकिस्तान सम्बन्ध लगातार रुपमा बिग्रदै गएको छ । पाकिस्तानले भारतसँग वार्ता गर्नको लागि तस्रो पक्षको माग गरिरहेको छ । तर भारत भने वार्तामा तेस्रो पक्षलाई सामेल गराउने पक्षमा छैन ।