अछाम, पुस १९ । नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले देशको स्वाभिमानमा कसैसँग संझौता गर्न नसकिने बताउनु भएको छ ।
गृहजिल्ला अछाममा सूर्यको झण्डा फहराएर अभियानमा जुटनुभएका नेता रावलले मुलुकको भूमि जोगाउने सवाल र छिमेकीले हडपेको बिषयमासमेत बोल्न नसक्नेहरुप्रति अडा आक्रोश पोख्नुभयो ।
‘भारत अंग्रेजको दास भयो,चीनमा आधा कब्जा गर्यो तर हामी नेपाली कसैको दास बनेनौं, त्यसबेला पढेलेखेका थिएनन, तर भूमिको रक्षा गरे, रावलले भन्नुभयो, नेपाललाई अंग्रेजले कब्जा गर्न सकेन, हामी कसैको दास भएनौं, रावलले थप्नुभयो, आज हामी बिदेशीले हाम्रो जग्गा कब्जा गर्दा शीर निहुर्याएर झुकेर बिदेशीले हाम्रो जग्गा मिच्दा हजुर कब्जा गरेको त राम्रै गरेको भनौं त ?, मेरो बिरोध त्यहाँनिर छ ।’
सुन्नोस भिडियो
प्रतिक्रिया दिनुहोस्