जनता टाइम्स

२० पुष २०८०, शुक्रबार १४:०२

नदीलाई विनास होइन विकासका लागि अगाडि बढाउनु पर्छ : मुख्यमन्त्री कार्की


विराटनगर, २० पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेको बताउनुभयो । केशलिया–बुढिखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर वग्ने केशलिया वुढीखोला नदीको शौन्दर्यकरण एवं विकासले यस क्षेत्रका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले करिडोर निर्माणले वर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र (सेज)मा सहज पहुँचले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने धारणा राख्नुभएको हो । उहाँले सरकारले समृद्धिको पाइल चाल्न जनताको पैसाको सही ठाउँमा सदुपयोग गर्ने अठोट व्यक्त्त गर्दै प्रदेशको १३७ पालिकाका जनताको जीवनस्तर उकास्नका लागि प्रतिवद्धता व्यक्त्त गर्नुभएको हो ।

अध्ययन प्रतिवेदन निर्माण कर्ताद्वय महेन्द्र सुव्वा र प्रशान्त मल्लले दुहवी नगरपालिका, वुढीगंगा, बर्जु गाउँपालिका र विराटनगनगर महानगरपालिकालाई छुने उक्त परियोजनाको लागत रु एक अर्व ३२ करोड रहेको जानकारी दिनुभएको हो । आगामी तीन वर्षमा सम्पन्न गरिने उक्त परियोजनाले दुहवीदेखि विराटनगर रानीका भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण हुनुका साथै खोलामा वाँध निर्माण र शौन्दर्यकरण गरिनेछ ।

मुख्यमन्त्री कार्कीलाई स्विस सहयोग नियोगको सहयोगमा निर्माण गरिएको उक्त्त प्रतिवेदन राजीव उपाध्यायले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउत, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशिल श्रेष्ठ लगायतले परियोजना निर्माणले उद्योग स्थापना एवं विराटनगर विमानस्थलको धावनमार्ग विस्तारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नुभएको छ । कार्यक्रममा मुख्यमन्त्री कार्कीले परियोजना अन्ततर्गतको नदीमा बाँध निर्माण गर्ने आजदेखि शुरु हुने घोषणा समेत गर्नुभएको छ ।