रामेछाप, पुस २० । जिल्लामा राम्रो काम गरेको भन्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ सम्मानित गरिएको छ ।
श्नृजनशील युवा समाज मन्थली–८ चिसापानीले नगर प्रमुख श्रेष्ठ र मन्थली वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठ लगायतलाई सम्मानित गरेको हो ।संस्थाको २७ औँ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशनको अवसरमा शनिबार उहाँहरूलाई सम्मानित गरिएको हो ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक क्षेत्रको नेतृत्व गर्दै उच्च राजनीतिक पदमा पुगेको र उत्कृष्ट काम गरेको भन्दै सो संस्थाका आजीवन सदस्य रहनुभएका नगर प्रमुख लब श्रेष्ठ, वडाध्यक्ष गोपाल श्रेष्ठ तथा निवर्तमान वडाध्यक्ष राजकुमार श्रेष्ठलाई सम्मानित गरिएको संस्थाले जनाएको छ ।
अधिवेशनले भुवनकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्सीय नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिवमा क्रमशः रामकुमार कर्माचार्य, सरिता श्रेष्ठ, अर्जुनकुमार श्रेष्ठ र सञ्जीवकुमार श्रेष्ठ रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्