दोलखा, पुस २२। दोलखाको पर्यटकीय नगरी जिरीको तापक्रम शून्य डिग्री सेल्सियसभन्दा पनि तल झरेको छ ।
मुलुकभर चिसो बढिरहेको बेला जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव २ मा झरेको हो । जिरी पर्यटकीय नगरी हो । जिरीसँगै जुम्ला र जोमसोमको तापक्रम पनि शून्य डिग्री सेल्सियसभन्दा तल माइनसम पुगेको छ ।
जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ७ र जोमसोमको न्यूनतम तापक्रम माइनस ५ दशमलव ५ डिग्री सेल्सियससम्म मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिमाली तथा उच्च पहाडी भेगको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसभन्दा पनि तल माइनसमा पुगेको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भैरहेकाले ती स्थानहरुको तापक्रम अझै केही दिन शून्यभन्दा पनि तल रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
काठमाडौँ उपत्यका र अन्य स्थानमा पनि चिसो बढेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम चार दशमलव ५ डिग्री सेल्सियस छ ।













प्रतिक्रिया दिनुहोस्