काठमाडौं, पुस २२ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पदाधिकारी चयन गरेको छ। आज बसेको बैठकले पदाधिकारी चयन गरेको हो ।
शुक्रबार भएको साधारणसभाले करण चौधरीलाई अध्यक्ष चुनेकोमा वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी चयन गरेको थियो । अधिवेशनबाट निर्वाचित कार्यसमितिको आइतबार बसेको बैठकले वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छालाई चुनेको छ। ४७औँ साधारणसभाले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतस् अध्यक्ष बन्ने व्यवस्था गरेको छ।
यस्तै उपाध्यक्षमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठ चयन हुनुभएको छ भने महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल दोहोरिनु भएको छ । सचिवमा भने निर्वाचनबाट विक्रम सिंघानिया निर्वाचित हुनुभएको छ । बिक्रमले यमुना श्रेष्ठलाई १ मतले पराजीत गरी निर्वाचित हुनुभएको हो । निर्वाचनमा बिक्रमले १५ मत र यमुनाले १४ मत पाउनु भएको छ ।
सहकोषाध्यक्षमा पंकज अग्रवाल चयन हुनुभएको छ । साधारणसभाले सुनिल रिजाल, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध हुनुभएको थियो । कार्यसमितिले ३ जना मनोनीत गरेकामा मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठ छन्।
संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ चयन भएका छन्।
त्यस्तै लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध निर्वाचित हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्