जनता टाइम्स

२२ पुष २०८०, आईतवार १७:५८

यौन काण्डमा फसेका प्रिन्स एन्ड्र्यूको थाइल्याण्डमा पार्टी !


लन्डन, २२ पुस । प्रिन्स एन्ड्र्यूले अदालतका कागजातहरूमा जेफ्री एपस्टेनको नाम देखा परेपछि गम्भीर परिणामहरूको सामना गर्नु परेको छ। प्रिन्स एन्ड्र्यू बेलायतका राजा चार्ल्स तृतीयका भाइ हुन्। उनको नाम यस सूचीमा आएपछि उनको व्यक्तिगत सुरक्षा कोष बन्द हुने भएको छ । यसबाहेक उनले रोयल निवासबाट बाहिर निस्किनु पर्नेछ। प्रिन्स एन्ड्र्यू जेफ्री एपस्टेन र घिसलेन म्याक्सवेलसँग छुट्टीमा थाइल्याण्ड गएका थिए । यस अवधिमा उनले रेड लाइट डिस्ट्रिक्ट क्लबहरू भ्रमण गरे र टपलेस महिलाहरूसँग पार्टी गरेका थिए ।

द सनको रिपोर्टका अनुसार, ड्युक अफ योर्क (प्रिन्स एन्ड्र्यू), जो त्यतिबेला ४० वर्षका थिए, थाइल्याण्डको फुकेटमा टपलेस महिलाहरूसँग पार्टी गर्दै फोटो खिचेका थिए। यस पार्टीमा घिसलेन म्याक्सवेल पनि गएका थिए, जो प्रिन्स एन्ड्र्यूको जस्तै होटलमा बसेका थिए। एन्ड्रयू र एपस्टेनलाई टापुको रिसोर्ट सहर पाटोङ वरपरका बारहरूमा अर्ध–नग्न नर्तकहरूसँगै भेटिएको थिए । यो छुट्टीले एपस्टेन र एन्ड्रयू बीचको घनिष्ठ सम्बन्ध देखाउँछ।

यौन उत्पीडनको आरोप
भर्जिनिया रोबर्ट्स गिफ्रे नामकी एक महिलाले जेफ्री एपस्टेन र घिसलेन म्याक्सवेलले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । म्याक्सवेलको तर्फबाट जेफ्री एपस्टेनलाई केटीहरू आपूर्ति गरिएको थियो । पछि उनीहरूलाई अरू मानिसहरू पनि पठाइयो। प्रिन्स एन्ड्र्यूले गिफ्रेलाई पनि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

एन्ड्रयूले एपस्टेन र म्याक्सवेलसँगको सम्बन्धमा कुनै पनि अनुपयुक्त व्यवहारलाई अस्वीकार गरेका छन्। उनले भर्जिनियासँग भेट्न पनि अस्वीकार गरेका छन् ।
नयाँ कागजातहरू सार्वजनिक
हाल राजकुमार एन्ड्रयूको उमेर ६३ वर्ष छ । एपस्टेन र तिनका उच्च प्रोफाइल साथीहरूको सम्बन्धमा सिल गरिएको अदालत फाइलहरूको अर्को सेट सार्वजनिक गरिएको छ, जसमा उनीहरूको नाम र कर्तुतको खुलासा हुन्छ। १००० भन्दा बढी पृष्ठको दस्तावेजलाई अमेरिकी न्यायाधीश लोरेटा प्रेस्काले सार्वजनिक गरेकी छन् । यसमा इमेल, कथन र २०१० को दशकका कानुनी कागजातहरू समावेश छन् । कागजात भर्जिनिया गिफ्रेको तर्फबाट दायर गरिएको २०१५ को मुद्दाको अंश हो।