काठमाडौं, पुस २३ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विवादास्पद चुनावमा जीत हासिल गर्दै लगातार चौथो कार्यकाल सुनिश्चित गर्नुभएको छ । आफ्नो पार्टी अवामी लिग र उहाँका सहयोगीहरूले ३०० संसदीय सिटमध्ये कम्तीमा १ सय ५२ सिटमा जित हासिल गरेपछि हसिनाले अर्को पाँच वर्ष कार्यभार सम्हाल्ने हुनुभएको हो ।
प्रमुख विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीले चुनाव बहिष्कार गरेपछि हसिनाको पार्टी र सहयोगीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ। बिएनपीले निर्वाचन ठगी भएको आरोप लगाएको छ ।
आइतबारको नतिजा बीएनपी नेता र समर्थकहरूको सामूहिक गिरफ्तारीपछि आएको हो। आधिकारिक तथ्याङ्कहरूले लगभग ४०५ को मतदान भएको देखाएको छ । यद्यपि आलोचकहरूले यो सङ्ख्या पनि बढाइएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।
हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ मा पुनः निर्वाचित भएकी हसिना त्यसयता लगातार सत्तामा हुनुहुन्छ । उहाँको यो कूल पाँचौँ कार्यकाल हो।













प्रतिक्रिया दिनुहोस्