जनता टाइम्स

२६ पुष २०८०, बिहीबार १८:५२

समाजसेवी निलिमाको सह्रानीय काम : छोराको जन्मदिनको खर्च कटाएर गृहजिल्लाका महिला बालबालिकालाई सहयोग


सिन्धुली, पुस २६ । नेकपा एमालेकी नेतृ निलिमा गुरुङले आफ्नो छोराको जन्म दिनमा महिला बालबालिकालाई सहयोग गर्नुभएको छ ।

छोरा आरोग्य लामिछाने गुरुङको जन्मदिनको अवसर पारेर गुरुङले सिन्धुलीको दुधौली नगरपालिकाका महिला र बालबालिकालाई सहयोग गर्नुभएको हो । नेतृ गुरुङल दुधौलीमा हलिाहरुले सञ्चालन गररेको ५ वटा कृषि तथा उद्यमशील सहकारी संस्थाका सञ्चालक समिति सदस्यहरुलाई सारी बितरण गर्नुभएको हो ।

सामाजिक काममा लागेका महिला बालबालिकाहरुलाई सहयोग गर्दै आएको र यसपटक पनि सहयोग हस्तान्तरण गरिएको नेतृ गुरुङले बताउनु भयो । सहयोग नेतृ गुरुङ र छोरा आरोग्यले हस्तान्तरण गर्नुभएको थियो । गुरुङले यसअघि पनि सिन्धुलीका बिभिन्न स्थानमा सहयोग गर्दै आउनु भएको छ ।

यसअघि पनि उहाँले सहकारीमा आवद्ध महिलालाई सहयोगसँगै कारागारमा रहेको कैदीबन्दीलाई कपडा बितरण गर्नुभएको थियो । सामाजिक काममा समेत सक्रिय एमाले नेतृ गुरुङले बिगत एक दशकदेखि सिन्धुलीमा यस प्रकारको सेवा दिँदै आउनु भएको छ ।