धादिङ, पुस २७ । नेपाल खेलकुद महासंघको १५ औं स्थापना दिवसको अवसरमा धादिङ जिल्ला कमिटीले आयोजना गरेको नेकोस प्रथम धादिङ जिल्ला अन्तर मावि भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
धादिङ सदरमुकाम धादिङबेसीमा सुरु भएको प्रतियोगिताको उदघाटन महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले गर्नुभयो । उदघाटन समारोहलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष बस्नेतले खेल क्षेत्रले मुलुकको छवी उचो बनाउने ठूलो सहयोग पुगेको र नकारात्मक प्रबृत्तिलाई समेत निस्तेज पारेको बताउनु भयो ।
यस्तै बस्नेतले खेलकूद क्षेत्रको मागलाई राज्यले खेल क्षेत्रको मागलाई उचित रुपमा सम्बोधन गर्न नसकेको बताउनु भयो ।कार्यक्रममा एमाले केन्द्रीय सदस्य खेम लोहनी, धादिङ जिल्ला अध्यक्ष भुमिप्रसाद त्रिपाठी, खेलकुद महासंघका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज सगुन थापा, सिताराम कार्कीलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।
प्रतियोगिताको उदघाटन समारोह महासंघ जिल्ला अध्यक्ष मदन खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस्