जनता टाइम्स

२७ पुष २०८०, शुक्रबार २३:२९

विनोद राईले जिते ‘द भ्वाइस अफ नेपाल ५’ को उपाधि


काठमाडौं, पुस २७ । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधि विनोद राईले जित्नुभएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार सम्पन्न फिनालेमा राईले उपाधी चुम्नुभएको हो । उपाधिसँगै राईले २० लाख नगद प्राप्त गर्नुभयो । राई टिम मिलन नेवारबाट फाइनलमा प्रवेश गर्नुभएको थियो ।

यस्तै टीम राजेशबाट मकर बहादुर योन्जन फस्ट रनरअप बन्नुभएको छ । यसैगरी टिम उदय सोताङबाट कुमार प्रयास राई सेकेण्ड रनरअप हुँदा टिम प्रमोदबाट नोगेन लिम्बु थर्ड रनरअप बन्नुभयो।

दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाइएको छ। फिनालेमा प्रतिस्पर्धीसहित कोच र लोकस्टारका जज तथाफाइनालिस्टले समेत प्रस्तुति दिएका थिए ।