जनता टाइम्स

२९ पुष २०८०, आईतवार ११:५०

लक्ष्मी सनराइज बैंकको अध्यक्षमा पुनः रमन नेपाल, यी हुन सञ्चालक समिति सदस्य


काठमाडौं, पुस २९ । लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमन नेपाल पुनः चयन हुनुभएको छ ।

बैंकको २३औं बार्षिक साधारणसभाबाट नेपाललाई पुनः सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरिएको हो । नेपाल यसअघि पनि बैंक सञ्चालक समितिको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

साधारणसभाले सञ्चालक समिति सदस्यमा दिनेश पौड्याल, मनोजकुमार भट्टराई र स्वाती रुङ्गटालाई चयन गरेको छ ।