जनता टाइम्स

३ आश्विन २०७६, शुक्रबार १९:००

बैदेशिक रोजगार ब्यवसायीको चुनाव : सरोज पोखरेलको नेतृत्वमा बन्यो चुनाव जित्ने संयुक्त ब्यावसायिक टीम


काठमाडौं, असोज ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट बैदेशिक राजेगार ब्यवसायीहरुले सवै पक्षलाई मिलाएर सरोजकुमार पोखरेलको नेतृत्वमा संयुक्त ब्यवसायिक प्यानलको नाम टुंगो लगाएको छ । आज भएको बैठकले नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको आगामी निर्वाचनमा पोखरेललाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ । पोखरेलको नेतृत्वमा चुनावमा जान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट ब्यवसायीबाहेक सवैका साझा प्यानल बनाइएको हो ।

जसअनुसार पोखरेल नेतृत्वको प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षत्री, दितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अत्तर हुसेन र महासचिवमा रामचन्द्र गिरी (आरसी) लाई उम्मेद्वार तय भएको छ । सो समुहले सचिवमा सञ्जु गुरुङ र कोषाध्यक्षमा तेजमाया लिम्बुलाई उम्मेद्वार बनाएको छ ।

यसैगरी १० जना सदस्यहरुमा होम तिमिल्सिना, सोम लामा,दलबीर भण्डारी, सरिता घले, बाबुराम खडका, ओमबहादुर न्यौपाने, केदारनाथ अधिकारी (जीतेन्द्र), बीरेन्द्र यादव, दोर्जे शेर्पा र नुर महम्मद मिँयालाई उम्मेद्वार बनाएको छ । आगामी साता हुने निर्वाचनमा अध्यक्षका उम्मेद्वार पोखरेल संघका बर्तमान महासचिव हुनुहुन्छ । बैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित, ब्यवस्थित र सवैको मनमा बस्ने संस्था बनाउन लामो समयदेखि क्रियाशिल पोखरेलको समुहमा ब्यवसायीमाथि आइपर्ने सवै खाले चुनौतीको सामना र सरकारसँग सहकार्य गर्न सक्षम टीम रहेको छ ।