जनता टाइम्स

१ माघ २०८०, सोमबार १३:३९

‘घिउ–चाकुझैँ मिठास छाओस, तिलका सहस्र दानाझैँ सफलता बढ्दै जाओस’


काठमाडौं, माघ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघी पर्वको असरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

देशको पूर्वदेखि पश्चिमसम्म विभिन्न संस्कृति अनुसार मनाइने सो पर्वको अवसरमा सम्पूर्ण देशवासीमा ओलीले शुभकामना दिनुभएको छ । सबैको जीवनमा घिउ–चाकुझैँ मिठास छाओस, तिलका सहस्र दानाझैँ सफलता बढ्दै जाओस,’ ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

माघी अर्थात् माघे सङ्क्रान्तिको अवसरमा देशका विभिन्न भागमा विभिन्न परिकार खाने कुरा पनि ओलीले स्मरण गर्नुभएको छ । ‘आज पूर्वदेखि पश्चिमसम्म विभिन्न संस्कृति अनुसार ढिकरी, भक्का, तरुल र सख्खरखण्डजस्ता खनिज परिकार खाइन्छ, माघे सङ्क्रान्ति अनि माघीको शुभकामना’, अध्यक्ष ओलीले लेख्नुभएको छ ।