रुषा थापा/भक्तपुर । बुढोपाकाले भन्थे, ‘खाने मुखलाई जुँगालाई छेक्दैंन ।’ पछिल्लो समय माता, धामी झाँक्रीको नाममा ठगी गर्ने क्रम बढ्दो छ । तर, यस्ता ठगहरुलाई न त सरकारले देख्छ न त कानूनको दायरामा ल्याउन नै सक्छ । काठमाडौं उपत्यकाभित्र तथा बाहिरी जिल्लामा अहिले पनि माता, धामीझाँक्रीको नाममा आमसर्वसाधारण लुटिन्छन ।
साधारण ज्वरो आएको व्यक्तिलाई बोक्सी, भूतको आरोप लगाएर मरणसन्न पिटिन्छ । यति मात्र होइन कतिपयको माता, धामी झाँक्रीकै कारण पनि ज्यान गएको छ भने झारफुक गर्ने नाममा कतिपय धामीझाँक्रीले बलात्कार समेत गर्ने गरेका छन् । घरपरिवार राम्रोसँग चलिरहँदा आफ्नो स्वार्थका लागि लोग्ने वा स्वानी अरुसँग नै लागेको भनी तहसनहस पारिदिने गर्छन् । माता, धामीझाँक्रीको नाममा ठग्ने व्यक्तिहरुको बजारमा बिगबिगी छ । एउटा उदाहरण नै भन्नुपर्दा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित माताको नाममा सर्वसाधारणलाई ठग्ने गरिन्छ ।
साताको दुई दिन (बुधबार र शनिबार) खोलिने माताको घरमा सो समय सर्वसाधारणको भीड लागेको हुन्छ । विशेषतः महिलाहरु । त्यहाँ खुट्टा टेक्ने समेत ठाउँ हुन्न । महिलाहरुले माथिदेखि तलसम्म हरियो टिका, चुडा र साडी लगाएका हुन्छन् । त्यहाँ सदस्य बनाएर लेबी समेत उठाइन्छ । अर्कोतर्फ मानिसअनुसार पाँच हजारदेखि तीन लाखसम्म लिइन्छ । यत्रो पैसा दिएपछि पनि मातासँग भेट्न पाइदैंन । माताको नाममा त्यहाँ एउटा मूर्ति राखिएको हुन्छ । त्यहाँ माइक जोडिएको छ । र, त्यँही माइकबाट मूर्तिको पछाडि बसेको महिला बोल्छिन् ।
भक्तपुर क्षेत्रनम्बर २ का सांसद दुलर्भ थापाको घर सल्लाघारीमा छ । उनको घरदेखि माताको घरसम्म पुग्न करिब पाँच मिनेट लाग्छ । तर, त्यो माताले ठगेको थापाले देख्दैंनन् । किनकि देख्यो भने त आफुलाई कमिशन आउँदैन अनि पार्टीलाई चन्दा । वडानम्बर ५ का अध्यक्षको घर सुशिल भैरवस्थानअगाडि नै छ । उनले त मन्दिरको जग्गा मिचेर घर बनाएका छन् । कानूनमा विश्वसूचीमा परेको मन्दिरभन्दा अग्लो घर बनाउन पाइदैंनन् । सुशिल भैरवस्थान मन्दिर विश्वसूचीमा सूचिकृत छ । तर, त्यो मन्दिरभन्दा अग्लो घर छ वडाध्यक्षको ।
त्यस्तै, यो–त्यो रोग लागेको भन्दै उपचारको नाममा लाखौं रकम असुलिन्छ । फलफूल, सुन गहनालगायत सामग्री पनि चढाउन लगाइन्छ ।यस्ता माताहरुको भर पर्दा बिरामीहरुले आफ्नो घरखेत नै सकिएको थाहा पाउँदैंनन् । साथै, अस्पताल नजाँदा अकालमै ज्यान समेत गुमाउँछन् । सरकार भन्छ कि जनता शिक्षित भए । तर, यस्ता ठग माता, धामीझाँक्रीहरुले अहिले पनि सर्वसाधारणलाई लुटिरहेका छन् । जनता बिरामी हुँदा अस्पताल जादैंनन्, माता, धामीझाँक्री कहाँ पुग्छन् । सरकारले गरिब, निमुखालाई निःशुल्क औषधी, उपचार गरिदिने भन्दाभन्दै यस्ता माता, धामीझाँक्रीहरु जनतालाई अस्पताल जान दिदैंनन् ।
भक्तपुर उपत्यकाभित्र पर्छ । तर, उपत्यकाभित्र त अहिले पनि माताको नाममा ठगिन्छ भने अन्य दुर्गम, ग्रामीण जिल्लाको हालत के होला ? हरेक बुधबार र शनिबार सिर्जनानगरस्थित माताको घरमा मानिसहरुको लाम लागेको हुन्छ । त्यो भीडमा दुधे बालकदेखि बृद्धवृद्धा समेत भेटिन्छन् । त्यहाँ आएका मानिसहरु सुकुम्बासी अवस्थामा पुगेको सुनिन्छ । एक पटक त्यहाँ गएपछि त्यो व्यक्तिको सम्पूर्ण विवरण लिइन्छ ।अनि हुदैं नभएको कुरा पनि भइरहेको भन्दै उसको घरपरिवार तहसनहस बनाउनुका साथै उपचारका नाममा पनि ठगिन्छ ।
भक्तपुर क्षेत्रनम्बर २ का सांसद दुलर्भ थापाको घर सल्लाघारीमा छ । उनको घरदेखि माताको घरसम्म पुग्न करिब पाँच मिनेट लाग्छ । तर, त्यो माताले ठगेको थापाले देख्दैंनन् । किनकि देख्यो भने त आफुलाई कमिशन आउँदैन अनि पार्टीलाई चन्दा । वडानम्बर ५ का अध्यक्षको घर सुशिल भैरवस्थानअगाडि नै छ । उनले त मन्दिरको जग्गा मिचेर घर बनाएका छन् । कानूनमा विश्वसूचीमा परेको मन्दिरभन्दा अग्लो घर बनाउन पाइदैंनन् । सुशिल भैरवस्थान मन्दिर विश्वसूचीमा सूचिकृत छ । तर, त्यो मन्दिरभन्दा अग्लो घर छ वडाध्यक्षको ।
वडाध्यक्षसहित तीन जनाले मन्दिरको जमिन अतिक्रमण गरेर घर बनाएका छन् । वडाध्यक्षले त मन्दिरको जमिन मिचेर घर बनाएको छ भने उसलाई माताले सर्वसाधाराण ठगेको के मतलब ? माताको घरबाट पाँच मिनेटको दुरीमा सूर्यविनायक नगरपालिका पुगिन्छ । तर, माताको नाममा सर्वसाधारणलाई दिउँसै रात पारेर ठगेको न त नगर प्रमुख वासुदेव थापाले देख्छन् न त भक्तपुरका सिडियोले नै । माताको पृष्ठभूमि केलाउनु पर्दा उनको घर गुण्डुको केभीचोक हो भने लोग्नेको घर सुशिल भैरवस्थानअगाडि हो ।
उनले पहिला सल्लाघारीमा होटल सञ्चालन गरेकी थिइन् । उनका श्रीमान साइकल बनाउन्थे । गरिब परिवारकी उनले आज खर्बको सम्पत्ति आर्जन गरेकी छन् । सिर्जनानगरमा उनको महलजस्तो घर छ । यस्तो घर त उनको सयौं ठाउँमा छ । अनि राज्य कहाँ छ ? लिटल बुद्धको नाममा सर्वसाधारणलाई ठग्नुका साथै विभिन्न काण्डमा संलग्न रामबहादुर बम्जनलाई प्रहरीले केही दिनअघि मात्र समात्यो । उनको घरबाट मात्र प्रहरीले करोडौं रकम बरामद गरेको थियो । अनुसन्धानको क्रममा उनको सम्पत्ति अर्बो रहेको पाइएको जनाइएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब चाँहि धर्म, माता, धामीझाँक्रीको नाममा लुट्ने ठगहरुलाई समात्न ७७ ओटै जिल्लालाई सिडियोलाई परिपत्र गर्ने कि ? भक्तपुरका सिडियोले सिर्जनानगरमा माताको ठगी गर्नेलाई नसमातेको सर्वसाधारणको गुनासो छ । तर, उजुरीबिना केही पनि गर्न नमिल्ने सिडियो कार्यालयको जवाफ छ । यी माताले पनि धेरै मानिसलाई बेपत्ता पारेको बताइन्छ । सरकार भने यस्ता ठग, अपराधीलाई तत्काल समातेर छानबिन गरी कानूनको दायरामा ल्याउदैंन । माता, धामीझाँक्रीको नाममा मोटो रकम असुल्नु गैरकानूनी कार्य पनि हो ।
यसरी झारफुक गर्ने वा माताको नाममा ठग्न पाइदैंन । भूत, बोक्सीको नाममा यस्ता माता, धामीझाँक्रीले सर्वसाधारणलाई ठग्ने गरेका छन् । तर, कानूनमा कसैले कसैलाई भूत, बोक्सीको आरोप समेत लगाउन पाउँदैन । सरकारले रोगअनुसारको अस्पतालको स्थापना गरेको छ ।
त्यहाँ नागरिकको उचित उपचारको लागि डाक्टरको व्यवस्थापन गरिदिइएको छ । सञ्चार क्षेत्रमा धेरै परिवर्तन आएको छ । मानिसमा सचेतना बढ्दै गएको छ । तर, अझै पनि राज्य र सञ्चारमाध्यमको आँखा छलेर शिक्षित, अशिक्षित व्यक्तिलाई समेत भ्रममा पारी यस्ता माता, धामीझाँक्रीले ठगीरहेका छन् ।
सरकारले यस्ता ठगलाई अब समात्नुपर्छ । यीनीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । माता, धामीझाँक्रीको नाममा ठग्ने त ठगिहाले । तर, अब अन्य सर्वसाधारणलाई ठगिनबाट सरकारले जोगाउनुपर्छ । मिडिया जनताको ऐना हो । त्यसकारण मिडियाले समाजमा भइरहेका यस्ता अपराधिक कार्य बाहिर ल्याउन जरुरी छ ।
मिडियाले यस्ता घटना बाहिर ल्याएपछि नै सरकारले कारबाहीको प्रक्रिया अघि बढाउँछ । माता, धामीझाँक्रीको नाममा हुने ठगीको विषयमा सञ्चारकर्मीहरुले कलम चलाउनैपर्छ । सञ्चारकर्मीहरुले राज्य र सर्वसाधारणको आँखा खोलिदिनुपर्छ । जनतालाई ठगिन र अकालमै ज्यान गुमाउनबाट बचाउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्