काठमाडौं, माघ २ । सत्तारुढ नेकपा एकीकृत समाजवादीकी नेतृ चुनु खडकाले बलात्कार अभियोगमा अदालतबाट दोषी ठहर सन्दीप लामिछाने नै बलात्कृत भएको तर्क गर्नुभएको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य खडकाले सामाजिक सञ्जालमा कांग्रेस नेता चन्द्र भण्डारीको तर्कमा सहमति जनाउँदै यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
खडकाले सन्दीपको केसमा सहमतिमा सम्बन्ध राखेर पछि बार्गेनिङ नमिलेपछि बलात्कार भनिएको आरोपसमेत लगाउनु भएको छ ।
‘ देशमा बहस चलाउनु जरुरी छ ! के सन्दिपचाहिँ बलात्कृत भएन ? माननीय चन्द्र भण्डारीज्यूको सन्दीपबारे अभिव्यक्तिमा म सहमत छु,’ खडकाले भन्नुभएको छ, ‘ त्यहाँ (सन्दीप–गौसला २६) प्रारम्भिक रुपमा प्रेम थियो, आकर्षण थियो । तर चित्तबुझ्दो नभएपछि बलात्कार भनियो । के सहमतिमा जे पनि हुने ? अनि चित्तबुझ्दो नभएपछि बलात्कार हुने ?’
खडकाको भनाई जस्ताको तस्तै
देशमा बहस चलाउनु जरुरी छ ! के सन्दिपचाहिँ बलात्कृत भएन ? माननीय चन्द्र भण्डारीज्यूको सन्दीपबारे अभिव्यक्तिमा म सहमत छु । र मेरो विचारमा पनि प्रेम र बलात्कारको परिभाषा फरक हो । प्रेम स्वतन्त्र छ, जोसँग पनि र जहिले पनि हुन सक्छ । तर बलात्कार भनेको इच्छाबिपरित शारीरिक सम्बन्ध राख्नु मात्रै हैन, एकले अर्काको इच्छा बिपरित, भावनाबिपरित चित्त दुखाउनु हो । त्यसैले सबैले बुझ्नु जरुरी छ । त्यहाँ प्रारम्भिक रुपमा प्रेम थियो, आकर्षण थियो । तर चित्तबुझ्दो नभएपछि बलात्कार भनियो । के सहमतिमा जे पनि हुने ? अनि चित्तबुझ्दो नभएपछि बलात्कार हुने !! ?? यो कानुलाई संशोधन गर्नुपर्ने देखियो । दोषी सँधै केटा हुन्छन ?? केटी हुदैनन ??? हामी कस्तो समाजको निर्माण गर्दैछौ हँ ??
प्रतिक्रिया दिनुहोस्