काठमाडौं, माघ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेतकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरु सो पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन ।
एमाले मुख्यालयमा आज आयोजित बिशेष कार्यक्रममा प्रचण्ड र बाबुरामका निकट रहेका नेताहरु एमाले प्रवेश गर्नुभएको हो । यसरी प्रवेश गर्नेमा बाबुराम भट्टराई नेतृत्वको नेसपाका केन्द्रीय सदस्य राजेन्द्र पराजुली, प्रदेश कमिटी सदस्य मनोहर ढकाल, बासु भट्ट तथा नेकपा माओवादीका प्रदेश कमिटी सदस्य दिवसबाबु खडका, आफ्नो सिंगो टीमसहित एमालेमा प्रवेश गर्नुभयो ।
उहाँहरुलाई एमाले महासचिव शंकर पोखरेल, प्रेम दोङसहितका नेताहरुले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ । सो अवसरमा बोल्दै नेताहरुले मुलुकमा प्रचण्ड र बाबुराम नेतृत्वको पार्टीको औचित्य सकिएको भन्दै एमालेमा आएको बताउनु भयो । माओवादी त्याग्नुभएका नेता खडकाले भन्नुभयो, ‘एमालेबाहेकको कुनै पनि पार्टी मुलुक र जनताको हितमा काम गर्ने पार्टी रहने भन्ने अनुभुतिसहित एमालेमा प्रवेश गरेका छौं,’ उहाँहरुले भन्नुभयो ।
सो अवसरमा उहाँहरुले ‘नेकपा एमालेनै देशको मुख्य पार्टी हो भन्ने निश्कर्षमा पुगेर एमाले प्रवेश गरेका हौं,’ भन्नुभयो । उहाँहरुले आफ्नो ब्यक्तिगत जीवन र नेपाली कम्युनिष्ट आन्दोलनको एउटा बिशेष दिन भएको र आजसम्म आइपुग्दा हासो र आँसुको बीचमा पनि एउटा बिकल्पको संकल्पसहित एमालेमा आएको बताउनु भयो ।
‘म पूर्व नेकपा माओवादी केन्द्र गण्की प्रदेश कमिटी सदस्यको हैसियतमा थिएँ ।माओवादीको पदीय हैसियत त्याग्दै आज नेकपा एमालेको सदस्य भएकोमा अ आफूलाई गौरावान्वित ठान्दछु,’ उहाँहरुले भन्नुभयो । एमाले प्रवेशको क्रममा माओवादी नेता खडकाले भन्नुभयो, ‘माओवादी छाडनुको मुख्य कारण नै गुलामी स्वीकार गर्न नसक्नु हो । नेताको गुलामी गरेर म पार्टीको सदस्य भएको थिईंन । तर त्यो पार्टीमा नेताको गुलामी नगरी नहुने अवस्था सिर्जना भएको छ । त्यो पार्टी पूर्णत बिग्रिसकेको छ ।’
प्रतिक्रिया दिनुहोस्