जनता टाइम्स

४ आश्विन २०७६, शनिबार १६:१५

फेसबुकले गर्यो दशौं हजार एप्सलाई निलम्बन, यस्तो छ कारण


अमेरिका, असोज ४ । सामाजिक सञ्जाल फेसबुकले दशौं हजार एप्सलाई निलम्बन गरेको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्यांकका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको हो ।

निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय ओटा निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरणहरु चोरी हुनेगरी भएको क्याम्ब्रीज काण्डपछि फेसबुकले एप्सहरु निलम्बन गरेको बताएको छ । फेसबुकले सबै एप भने जोखिमपूर्ण नभएको स्पष्ट पारेको छ । सन् २०१८ मा केम्ब्रिज एनालिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको विवरण चोरेको तथ्य बाहिरिएको थियो । फेसबुकले निलम्बनमा परेका एप तथा शङ्कास्पद निर्माताको नाम भने सार्वजनिक गरेको छैन ।

निलम्बनमा पर्दैमा एपले मानिसहरूलाई जोखिममा पारेको निश्कर्ष निकाल्न भने नमिल्ने फेसबुकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।फेसबुकबाट लिएको विवरण अरूलाई दिएको वा मानिसको परिचय खुल्नेगरी सार्वजनिक गरेको पाइएपछि केही एपलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । गोप्य बिवरण चोरीपछि फेसबुकले कडाई गर्दै आएको छ ।