काठमाडौं, असोज ४ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनको मनोनयन सकिएको छ । आज तोकिएको मनोनयन समयभित्र अध्यक्षमा प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेल र लोकतान्त्रिक समुहबाट बिष्णु गैरेले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
पोखरेल संयुक्त ब्यवसायी समुहको तर्फबाट अध्यक्षमा उम्मेद्वार बन्नुभएको छ भने गैरे कांग्रेस निकट लोकतान्त्रिक फोरमबाट उम्मेदवार बन्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालसँग निकट रहेका व्यवसायीको तर्फबाट पोखरेलले संयुक्त रुपमा उम्मदवारी दिनुभएको निर्वाचन परिचालन कमिटीका संयोजक रामप्रसाद भन्तनाले जानकारी दिनुभयो ।
पोखरेल नेतृत्वको संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस्तै पोखरेल समुहबाट सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिर्ता गराउनु भएको छ । गैरे समुहले पनि उम्मेदवारी दर्ता गराएको छ । नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।
कोषाध्यक्षका उम्मेद्वार तेजमाया लिम्बु (तेजु) र इन्दिरा ।
सङ्घको आसन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस निकट म्यावनपार व्यवसायी आआफ्नो समूहको ‘प्यानल’ नै खडा गरेर चुनावी मैदानमा उत्रिएका हुन । संघको नेतृत्व हातपार्न उनीहरु उम्मेदवार चयन गरी चुनावी रणनीति बनाउन जुटेका छन् । आजै उम्मेदवारमाथि परेको उजुरीको छानबिन हुने कार्यक्रम छ । साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गरिने सङ्घले जनाएको छ । भोलि साँझ ६ बजेसम्म निर्वाचनको प्रचार प्रसार गर्न पाइनेछ । सङ्घको २७ औँ साधारणसभा असोज ७ गते राजधानीमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्