जनता टाइम्स

४ आश्विन २०७६, शनिबार १८:५६

एनआरएन युकेको अध्यक्षमा पुनम गुरुङ बिजयी, होमटाउनले रचायो इतिहास (एनसीसी–आइसीसीमा बिजयीको सूचीसहित)


लन्डन, असोज ४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा पुनम गुरुङ विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनामा गुरुङ प्रतिस्पर्धी शेरबहादुर सुनारलाई दुई सय ३ मतको अन्तरमा पछाडि पार्दै बिजयी हुनुभएको हो ।

निर्वाचनमा धाँधली भएको उजुरी परेपछि विवादका कारण स्थगित मतगणना बिहीबारबाट अघि बढेको थियो । आज मतगणना सम्पन्न हुँदा गुरुङ बिजयी हुनुभएको हो । मतगणनाको सुरुदेखि नै अर्का प्रत्यासी सुनारले अग्रता लिनुभएको थियो तर आज बिहान भएको मतगणनामा भने गुरुङले अग्रता लिँदै विजयी हुनुभयो । गुरुङले ४५५१ मत ल्याउनुभयो भने सुनारले ४३४८ मत प्राप्त गर्नुभयो । सुनारले मतगणनाको सुरुदेखि नै अग्रता कायम राखे पनि अन्तिममा जीत निकाल्न सक्नुभएन । कतिपय बुथमा त गुरुङको दुई मत आएको थियो । १२ वटा बुथ गन्दा १७० मतले अघि रहेका सुनारलाई १३औं बुथको रुपमा रहेको गुरुङको होमटाउन बेजिङस्टोकले पछाडि पारेको हो ।

बेजिङस्टोकको मत गणना भएपछि गुरुङले दुई सय मतान्तरले विजय हासिल गरेको निर्वाचन समिति स्रोतले बताएको छ । निर्वाचन समितिले औपचारिक घोषणा भने भोलि दिउँसो ३ बजेपछि आयोजना गर्ने घोषणासभामा जानकारी गराउने बताएको छ । यस्तै उपाध्यक्षमा प्रेम गाहा ३५५९ र सुनिलबाबु खड्का २७५७ मतका साथ विजयी हुनुभएको छ । महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४४४४ मतसहित विजयी हुनुभएको छ । स्कटल्याण्डबाट उपाधयक्षमा मोहन कार्की बिजयी हुनुभएको छ ।

महासचिवमा गुरुङकै प्यानलमा रहेका फणिन्द्र भट्टराईले विजय हासिल गर्नुभएको छ । भट्टराईले ३९७५ मत ल्याएर विजयी हुनुभयो । सचिवमा जित रानाभाट ३२०९ र काशलेश्वर ढकाल ३२१३ मतका साथ विजयी हुनुभएको छ । महिला सचिवमा रन्जिता मल्लले ४४९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ र सहकोषाध्यक्ष सकुन्तला गुरुङ ३९३६ मतसहित विजयी हुनुभएको छ । त्यसैगरी, युवा संयोजकमा नविन गुरुङले ४३६८ र महिला संयोजकमा प्रसुना कँडेलले ३३८५ मत ल्याई बिजयी हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा सरस्वती केसी, ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कँडेल ३३९९, कोपिला बनेम ३२३०, लालबहादुर गुरुङ ३०३४, कृष्णप्रसाद खरेल २८२९, डा सुनिलकुमार शाह, ३०९३, हेमबहादुर लिम्बु ३२१९, चन्द्रकला लिम्बु, ३२१०, तारामैया गुरुङ २९५७, ज्ञानेन्द्र आलेमगर २६६६ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।

त्यस्तै, आइसीसी सदस्यहरुमा सुशिला राई, लिलादेवी गुरुङ, योगबहादुर फगामी, दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सरोज मास्के निर्वाचित हुनुभएको छ ।