जनता टाइम्स

४ आश्विन २०७६, शनिबार १९:४८

सांसद नवराज सिलवालको औल्याए देउवाले सार्वजनिकरूपमा क्षमायाचना गर्नैपर्ने तथ्य


काठमाडौं, असोज ४ । सत्तारुढ नेकपाका सांसद नवराज सिलवालले राष्ट्रपति जस्तो सम्मानित ब्यक्ति उपस्थित समारोहमा ब्यक्त बिचार र बिगतको आफ्नो अपराधप्रति सार्वजनिक रुपमा क्षमायाचना गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ ।

काठमाडौंमा हिजो आयोजित एक कार्यक्रममा देउवाले प्रहरीमाथि पोखेको आक्रोशलाई लिएर सांसद सिलवालले सामाजिक सञ्जाल फेसबुकमार्फत सो चुनौती दिनुभएको हो । ‘पुलिसमा राजनीति, अदालतमा राजनीति त पूर्वप्रधानमन्त्रीसमेत रहिसक्नुभएका कांग्रेस सभापति माननीय शेरबहादुर देउवाजी स्वयंले गर्नुभएको हो ।

‘सम्माननीय राष्ट्रपतिज्यूको अगाडि आवेश पोखेर हैन, सुझवुझपूर्वक संस्थाहरू निर्माण र मुलुकको समृद्धि अभियानमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुस,’ सांसद सिलवालले भन्नुभएको छ, ‘हिजोका तपाईका अकर्मन्यताहरुबाट पब्लिक इष्टिच्यूशनहरूमा भएको राजनीतिकरणले पुगेको क्षतिका लागि सार्वजनिकरूपमा क्षमायाचना गर्नुस ।’

हिजो आयोजित कार्यक्रममा देउवाले मर्यादा बिर्सिएर आक्रोश पोख्नुभएको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीले मञ्चमा बसेर नेताहरुले बोलेको आफूले नबुझेको र नसुकेको बताउनु भएको थियो । राष्ट्रपति भण्डारीको सो भनाईलाई उल्टो अर्थ लगाएर बिवाद बनाउन कांग्रेसका नेता कार्यकर्ता लागिरहेको बेला सिलवालको यो काउन्टर आएको हो ।

नेपाल प्रहरीका पूर्व डिआइजी सिलवाललाई देउवाले नै प्रहरी प्रमुख बन्न राक्नुभएको थियो । अदालतबाट आदेश आउँदासमेत देउवाले पहिलो नम्बरमा रहेपनि सिलवाललाई प्रहरी महानिरीक्षक बन्न दिनुभएको थिएन । प्रहरी महानिरीक्षककै प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने काममा देउवाको भुमिका रहेको थियो ।