कैलाली, १० माघ । कैलालीको धनगढीमा घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ ।
धनगढीस्थित पाँच तले घरको छतबाट हाम फाल्नुभएको व्यवसायी ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–४ बसपार्कमा सन्दीप स्टोर सञ्चालन गर्दै आउनुभएको अग्रवाल आज बिहान साढे ११ बजेतिर घरको छतबाट हाम फाल्नुभएको थियो । उहाँको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्