काठमाडौं, १३ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत एवं माघस्नान सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर स्वस्थानी ब्रत र माघ स्नानको सुरु हुन्छ ।
बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ । प्रविधिको विकाससँगै हाल मोबाइल एपमा समेत स्वस्थानी पढ्न एवं सुन्न सकिने सुविधा आएको छ ।
यसरी डिजिटल माध्यममा स्वस्थानी आएपछि मानिसहरूले मोबाइलमा राखेर आफूले पायक पर्ने समयमा पढ्न र सुन्न सकिन्छ । यहाँ आज मोबाइलमै स्वस्थानी पढ्न सकिने कही मोबाइल एपको बारेमा जानकारी दिइन्छ । तल दिइएका एप आफ्नो मोबाइलमा डाउनलोड गरेर मोबाइलमै स्वस्थानी पढ्न सकिन्छ ।
श्री स्वस्थानी व्रत कथा
यस एपमा स्वस्थानीका प्रत्येक अध्यायलाई छुट्टा छुट्टै समावेश गरिएको छ । पहिला सुरु हुने पुष्पाञ्जली तथा अन्त्यको आरतीलाई छुट्टा छुट्टै रूपमा पढ्न सकिन्छ । सन् २०१९ मा प्ले स्टोरमा अपलोड भएको यस एपलाई हालसम्म ५ हजार भन्दा धेरैले डाउनलोड गरेका छन् ।
५ एमबी स्पेस रहेको हुँदा थोरै स्टोरमा तथा मोबाइलमा स्टोरेज कमी भएकाहरूलाई समेत यो एप निकै उपयोगी हुन पुग्नेछ । एन्ड्रोइड ४.३ भन्दा माथिको डिभाइसले सपोर्ट गर्ने हुँदा यसलाई पुरानो डिभाइसले समेत सपोर्ट गर्छ । यस एपलाई मोबाइलमा पढ्न सजिलो हुने गरि डिजाइन गरिएको छ। यसलाई आफ्नो मोबाइलमा डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
स्वस्थानी व्रत कथा नेपाली
स्वस्थानी व्रत कथा नेपाली एपमा पनि तपाईं श्री स्वस्थानी व्रतकथा पढ्न सक्नुहुन्छ । यसमा स्वस्थानीको अध्यायलाई फोटो खिचेर राखिएको छ । अध्याय अध्याय छुट्याएर राखेको यसको साइज भने ९ एमबीको रहेको छ । करिब १ हजार पटक डाउनलोड गरिएको यस एपमा २९ रिभ्यु दिइएको छ । ४.१ भन्दा माथिका एन्ड्रोइड प्रयोगकर्ताले यो एप सजिलै डाउनलोड गर्न सकिन्छ । यस एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
श्री स्वस्थानी व्रत कथा
स्वस्थानी व्रत कथा मोबाइलमा पढ्न अर्को एपमा यो पनि एक विकल्प हुन सक्छ । एन्ड्रोइड भर्सन ५ भन्दा माथी रहेको छ । यसको अन्य साइज अन्य दुईको तुलनामा भने निकै ठूलो रहेको हुँदा स्टोरेज कमी भएको मोबाइलमा भने समस्या हुन सक्छ । यसलाई १० हजार भन्दा धेरैले डाउनलोड गरेका छन् । ४.४ समग्र रिभ्यु आएको छ । यस एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्