काठमाडौं, १६ माघ । रेडिअन्ट पब्लिक र आयोजक द एक्सिेल्सियर स्कुलले १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा मंगलबार जित हात पारेका छन् ।
रेडिअन्टले ज्ञानोदय बालवाटिकालाई ३०–१० ले पराजित ग¥यो । रेडिअन्टको जितमा दिब्यान्शा कार्कीले १९ अंक योगदान गरिन् । डोमा छिरिङ गुरुङको ५ अंक सहयोगमा एक्सेल्सियरले द चाँबागलाई ११–९ ले हरायो । गल्र्समै स्वर्णिमले ल्यान्डमार्क एकेडेमीलाई १४–३ ले पाखा लगायो । स्वर्णिमकी नसाना श्रेष्ठले ५ स्कोर गरिन् ।
सिनियर ब्वाइजमा रेडिअन्टले ग्रिनफिल्डलाई ५६–३२, स्वर्णिमले निसर्ग वाटिकालाई १६–१५ र पुष्पसदनले ज्ञानोदय बालवाटिकालाई ३१–१० ले पन्छाए । रेडिअन्टका लमिक योञ्जनले १९, स्वर्णिमका रौनक मानन्धरले ५ र पुष्पसदनका मनीष गुरुङले ११ अंक जोडे ।
प्रतिक्रिया दिनुहोस्