काठमाडौं १९ माघ ।आयोजक द एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले न्यु जेनिथलाई २६–७ ले पराजित ग¥यो । एक्सेल्सियरको जितमा अकिना गुरुङले १२ अंक योगदान गरिन् । रिहाना पाण्डेको ७ अंक सहयोगमा काष्ठमण्डपले ज्ञानोदय बालवाटिकालाई २४–३ ले हरायो ।
सिनियर ब्वाइजमा पुष्पसदनले एक्सेल्सियरलाई ४१–२७ तथा जेनिथले टीआईएलाई ५०–२७ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
पुष्पसदनका मनीष गुरुङले १३ तथा जेनिथका प्रज्ज्वल बस्नेतले १८ स्कोर गरे । ब्वाइज÷गल्र्स दुवैको बाँकी क्वाटरफाइनल शनिबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्