काठमाडौं, १९ माघ । द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको तीनै उमेरसमूहको प्रतिस्पर्धामा क्वाटरफाइनल समीकरण तयार भएको छ ।
यु–१२ मा किड्स लर्निङले मोर्डन इन्डियन, सेक्रेड हार्टले बृहस्पति विद्या सदन, रेडिअन्ट पब्लिकले रिब्स र द चाँदबागले एलआरआई विरुद्ध खेल्ने छन् ।
यु–१३ मा न्यु एराले बृहस्पति, रेडिअन्ट पब्लिकले निसर्ग वाटिका, काष्ठमण्डपले सेक्रेड हार्ट र चाँदबागले निर्भानाको सामना गर्ने छन् । यु–१६ को क्वाटरफाइनल निसर्ग वाटिका र एक्सेल्सियर ‘रातो’, संस्कृति र न्यु एरा, ग्रिनफिल्ड र चेल्सी वल्र्ड स्कुल तथा काष्ठमण्डप र एक्सेल्सियर ‘पहेलो’ बीच हुनेछ ।
प्रतिक्रिया दिनुहोस्