काठमाडौं, १९ माघ । होप्स टेबलटेनिस एकेडेमीकी मुनमुन कुन्डुले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन् ।
सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मुनमुनले लान्फाङ टेबलटेनिस एकेडेमी, चीनकी याङ याङ जियलाई ११–८, ११–८ र १३–११ को सोझो सेटमा पराजित गरिन् । पुरुष सिंगल्समा होप्सका वंश सिन्गलले होप्सकै कृष्ण थापा मगरसंग फाइनल भेट पक्का गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यु–१६ ब्वाइज सिंगल्स फाइनलमा धरान टिस्टा टोर्सा टेबलटेनिस एकेडेमी श्रीयाज वर्दान सिंहले आफ्नै एकेडेमीका प्रयास साहलाई ११–५, ११–३, ९–११ र ११–२ को सेटमा हराउदै पहिलो भए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस्