पोखरा, २० माघ । पोखरा विश्वविद्यालय भित्रका कलेजहरुको बीचमा अन्तरकलेज प्रथम अखिल कप फुटसल प्रतियोगिता हुने भएको छ । अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीको आयोजनामा हुने उक्त फुटसल प्रतियोगिता आगामी माघ २८ र २९ गते काठमाडौ स्थित धन्यतरी फुटसल ग्राउन्डमा हुने जानकारी आयोजकले गराएको छ। यस प्रतियोगितामा पोखरा विश्वविद्यालयबाट आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूले सहभागिता जनाउन पाउने छन् ।
प्रथम संस्करणको यो प्रतियोगितामा बिजेताले एक लाख नगद र उपबिजेताले ६० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने जानकारी कार्यक्रमका संयोजक तथा अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक उमेश भण्डारीले जानकारी दिनुभएको छ। अनेरास्ववियुले हरेक वर्ष यो प्रतियोगीतालाई निरन्तरता दिदै जाने समेत उहाँले बताउनुभयो ।
यसअघि मदन भण्डारी मेमोरियल कपको नाममा आयोजना गरिएको थियो भने यो बर्ष देखि अखिल कपको रूपमा आयोजना हुने भएको छ । यसअघि यो प्रतियोगिता माघ २१ र २२ गते गर्ने कार्यतालिका रहे पनि अधिकांश कलेजहरुमा प्रीबोर्ड परिक्षा संचालन भईरहेकोले एक हप्ता पछि सारिएको आयोजकले जनाएको छ।
हाल अनेरास्ववियु पोखरा विश्वविद्यालय संगठन बिस्तार, कलेजहरूको सम्मेलन र रचनात्मक कार्यक्रममा तालिका बनाएर अगाडि बढिरहेको कुरा पोखरा विश्वविद्यालयको समन्वयकर्ता तथा अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी गराउनु भएको छ।













प्रतिक्रिया दिनुहोस्