जनता टाइम्स

५ आश्विन २०७६, आईतवार १८:३७

श्रीमानको काखमा बसेको फोटोले बन्द भयो इन्स्टाग्राम


काठमाडौं, असोज ५

अस्ट्रेलियाकी चर्चित इन्स्टाग्राम प्रयोगकर्ता स्याली मुस्ताङको इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ । इन्स्टाग्राममा श्रीमानको काखमा बसेको फोटो हालेकै भरमा उनको लाखौंले फलो गरेको इन्स्टा अकाउन्ट बन्द भएको हो ।

स्यालीले श्रीमान मिच गोबेलको काखमा बसेर आफू गर्भवती भएको जनाउन फोटो इन्स्टामा हालेकी थिइन् । ट्वीटरले उक्त पोस्ट छाडापनलाई प्रश्रय दिने खालको भएको भन्दै हटाएको थियो । उनको अकाउन्ट नै बन्द भएपछि यतिबेला उनी चिन्तित बनेकी छिन् ।

ट्वीटरमा नग्न तस्बिरहरु, अश्लिल तस्बिर तथा भिडियो इन्स्टा अकाउन्टमा सेयर गर्दा इन्स्टाले प्रयोगकर्ताको अकाउन्ट बन्द गर्ने गरेको छ । स्यालीले आफूले रचनात्मक रुपमा फोटो पोस्ट गर्दा इन्स्टाले अकाउन्ट हटाएको बताएकी छिन्।