जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १२:०३

नेपाललाई विश्वमा चिनाउन खेल महत्वपूर्ण छ : मन्त्री रावल


सुर्खेत, बैशाख २२

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताउनुभएको छ । नमूना युवा क्लब भैरवस्थान सुर्खेतद्वारा आज यहाँ आयोजित कर्णाली प्रदेशको सबैभन्दा ठूलो राशिको ब्याडमिन्टन खेल प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री रावलले खेल क्षेत्रको महत्वपूर्ण योगदानले नेपाल र नेपालीको स्वाभिमान उचालिएको बताउनुभयो ।

“स्वस्थ नागरिक उत्पादन गर्न र राष्ट्रको पहिचान देखाउन खेल र खेलाडीको ठूलो भूमिका छ”, मन्त्री रावलले भन्नुभयो, “यस क्षेत्रको विकासलाई कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।”