जनता टाइम्स

२३ माघ २०८०, मंगलवार १६:१८

इण्डियन आइडलको टप १० बाट बाहिरिकी मेनुका भन्छिन : बलिउडमा धेरै गीतहरु गाउनका लागि आयो आइरहेको छ


झापा, माघ २३ । भारतको चर्चित गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी झापाकी चेली गायिका मेनुका पौडेलले आफूले नसोचेको सफलता प्राप्त भएको भन्दै सवै नेपालीसँग खुसी साटनु भएको छ ।

पौडेलले यस प्रतियोगिताले नेपालको सांगीतिक क्षेत्रमा आफूलाई अझ बढी मेहनत गर्न सिकाएको प्रतिक्रिया पनि दिनुभएको छ । आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमबार गृहजिल्ला झापा आइपुग्नुभएकी गायिका पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताउनु भयो ।

भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको पौडेलले बताउनुभयो । आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुशी मिलेको बताउँदै उहाँले यस्तो सफलता आफूले बिरलै पाउने बताउनुभयो । पौडेलले बलिउडमा धेरै गीतहरु गाउनका लागि अफर आइरहेको भन्दै खुसी साटनु भयो ।

गायिका पौडेललाई गृहजिल्ला आएलगत्तै झापाको साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेको छ । पौडेलले २०७४ सालमा नेपाल आइडलमासमेत प्रतिष्पर्धा गर्नु भएको थियो ।