जनता टाइम्स

२४ माघ २०८०, बुधबार २२:१२

गेटवे, बीआईएस र विद्या विकास तेश्रो


काठमाडौं, २४ माघ । गेटवे एकेडेमी, बौद्ध इन्टरनेसनल स्कुल ९बीआईएस० र विद्या विकास प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार तेश्रो भएका छन् । गेटवे सिनियर ब्वाइज, बीआईएस सिनियर गल्र्स र विद्या विकास मिक्स जुनियरमा तेश्रो भए ।

काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा गेटवेले शिक्षालय नेपाललाई ५७–४३ ले पराजित ग¥यो । गेटवेका रोहन महतले १२ अंक जोडे ।

सिनियर गल्र्समा बीआईएसले शिक्षालयलाई २३–१२ ले हरायो । विजयी टिमका लागि पलिस्था श्रेष्ठले ९ स्कोर गरिन् । मिक्स जुनियरमा विद्या विकासले अक्षरामाथि २८–१२ को जित दर्ता ग¥यो । विद्या विकासका कुशल बुढाथोकीले ८ स्कोर गरे ।

फाइनल बिहीबार हुनेछ । तीनै विधामा भ्याली पब्लिक भ्याली पब्लिक फाइनलमा पुगेको छ । भ्याली पब्लिकले सिनियर ब्वाइजमा अक्षरिका, सिनियर गल्र्समा नेमोनिक र मिक्समा आलोक विद्याश्रमसंग उपाधिका लागि भिड्ने छ ।