जनता टाइम्स

२४ माघ २०८०, बुधबार २२:२९

टेनिस टोली श्रीलंका जाँदै


काठमाडौं, २४ माघ । विश्व जुनियर टेनिस टिम च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्दै छ ।

फेब्रुअरी १२ देखि १७ तारिखसम्म हुने प्रतियोगिताको ब्वाइजमा वृजेश अर्याल, अद्रिन थापा र युभेनमान श्रेष्ठ रहेका छन् । गल्र्समा शिभाली गुरुङ, स्वस्तिका विष्ट र प्राज्ना मानन्धर छन् । कान्छा खड्गे टिम प्रशिक्षकमो भूमिकामा छन् ।

टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य अजय विष्टले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।