जनता टाइम्स

२५ माघ २०८०, बिहीबार १९:४८

रौतहटबाट केपी ओलीको गर्जन : दुई तिहाइको सरकार ढाल्ने नै माधब नेपाल हुन


रौतटह, माध २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा नेतृत्वको दुई तिहाइको सरकार ढाल्ने ब्यक्ति माधव नेपाल नै भएको प्रष्ट पार्नुभएको छ ।

माधवको गृहजिल्ला रौतहटमा आजबाट सुरु भएको नेकपा एमालेको १०औं जिल्ला अधिबेशनको उदघाटन गदै अध्यक्ष ओलीले यस्तो तथ्य राख्नुभएको हो । माधव नेपाल प्रतिक्रियावादीको मतियार बनेर उहाँले पार्टी नेतृत्वको दुई तिहाइको सरकार भएको घर भत्काउने काम गरेको बताउनु भयो । उहाँले माधब नेपालले अहिले गठबन्धनलाई आफनो घर बताउँदै आफ्नै घरमा आगो लगाएको बताउनु भयो ।

गठबन्धन पनि कुनै घर हुन्छ भन्ने प्रश्न गर्दै ओलीले भन्नुभयो, ‘माधब नेपाल अहिले स्वतन्त्र संसदको हैसियतमा छन उनीसँग जनताले के आस गरुन ? पार्टीमा माधव १५ बर्ष नेतृत्व लिएर लाभको मात्रै पदमा बसे तर संगठन निमार्ण र जनताको लागि केही पनि गर्न सकेनन ।’ एमाले अध्यक्ष ओलीले माधब नेपालले राजनीति नगर्दै आफूले रौतहटबाटै ५१ बर्षअघि संगठनको काम गरेको तथ्यसमेत स्मरण गर्नुभयो ।

पञ्चायतबिरोधी आन्दोलनको क्रममा ओली ५१ बर्षअघि २०२९ सालमा रौतहटबाटै गिरफतार हुनुभएको थियो । ‘रौतहटको कुना–कुनामा म लुकेर पार्टी संगठनको काम गरेको अहिले पनि बिर्सेको छैन,’ ओलीले भन्नुभयो । अध्यक्ष ओलीले प्रभु साहमाथि पनि कडा प्रहार गर्नुभयो । साहप्रति लक्षित गर्दै अध्यक्ष ओलीले अर्काे निर्वाचनमा जमानत नै जफत हुने ठोकुवा गर्नुभयो । उहाँले ‘एक मेयरका श्रीमानको त अर्को निर्वाचनमा जमानत जफत नै हुने’ भन्दै साहमाथि प्रहार गर्नुभयो । चुनाबको मुखमा आएर पार्टीलाई धोका दिने प्रभु साहको राजनिति सकिएको अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले एमालेले सुरु गरेका विकासका आयोजनाहरू गठबन्धन सरकारले बिथोलेको भन्दै कडा आपत्ति पनि जनाउनु भयो । एमालेको पालामा बनेको पोखरा विमानस्थल र भैरहवा बिमानस्थल यो गठबन्धन सरकारले सञ्चालन गर्न नसकेको उहाँको भनाई थियो ।

‘एमालेको पालामा बनेको बिमानस्थल चलाउन नसक्ने निकम्मा सरकारले के देश चलाउला ?’ ओलीको प्रश्न थियो । उहाँले अहिलको सरकार निकम्मा रहेको र यो सरकारले भ्रष्टचारलाई मात्रै बढवा दिइरहेकोले चाँडै अन्त्य हुने बताउनु भयो । ‘ओलीले थप्नुभयो, ‘यो निकम्मा सरकारले भ्रष्टचारलाई मात्रै बढवा दियो । यस्को चाँडै अन्त्य हुन्छ ।’

 

उहाँले २०१५ सालमा एमालेको लालकिल्ला रहेको रौतहटलाई पुनः एमालेकै लालकिल्लाको रुपमा बिरासत फर्काउनका लागि नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । ‘तपाइहरु नम्रता, बिनम्रता र जनताले मान्ने खालको नेता बन्नुस, २०१५ सालको लालकिल्ला कायम गर्नेतिर लाग्नोस,’ ओलीले भन्नुभयो ।

गरुडामा रहेको श्रीराम सुगर मिल्स संचालन गर्न आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानार्कषर्ण गर्ने जानकारी पनि उहाँले सम्बोधनको क्रममा दिनुभयो । ‘अब एक–दुई दिनमा प्रधानमन्त्रीसँग भेटेर यसबारे कुरा राख्ने अध्यक्ष ओलीको भनाई थियो ।

कार्यक्रममा एमाले सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले सरकार अहिलेसम्मकै निकम्मा सावित भएकोले यसलाई फेर्न जरुरी रहेको धारणा राख्नुभयो । यो सरकार उदेश्यबिहिन र भ्रष्टाचारको संरक्षणकर्ता मात्रै बनेको सचिब भट्टराईको निचोड छ । एमालेकै अर्का सचिव रघुबीर महासेठले अब मधेश एमालेमय बन्न कसैले रोक्न नसक्ने उदघोष गर्नुभयो ।

गरुडाको चिनि मिल फिल्डमा भएको अधिवेशनको उदघाटन समारोहमा एमाले पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य अजयकुमार गुप्ता, उद्धबप्रसाद रेग्मी, रेखा झा, प्रदेश उपसचिब आरती भण्डारीलगायतका बक्ताहरुले पनि आफ्नो धारणा राख्नुभएको थियो ।