विराटागर, माघ २६ । कोशी प्रदेशको नामाकरणको बिषयलाई लिएर आन्दोलनमा उत्रिएका पहिचान पक्षधर र सरकारबीच सहमति भएको छ । सहमतिसँगै पहिचान पक्षधरको हिंसात्मक आन्दोलन फिर्ता भई शान्तिपुर्ण दवावका कार्यक्रममा मात्रै सिमित गर्ने निर्णय भएको छ ।
कोशी प्रदेश सरकारसँग आज भएको बार्तामा पुनः नामाकरणको पहल गर्ने सहमति भएको हो । प्रदेशको नाम पुनः गर्ने सहमति गर्न सरकार र पहिचान पक्षाधरबीच सहमति भएको हो । सरकार र संयुक्तसंघर्ष समितिको आज भएको वार्ताले कोशी प्रदेशको पुनः नामकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत ५ बुँदे सहमति गरेको हो ।
‘प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक बातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संबिधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने,’ सहमतिको पहिलो बुँदामा भनिएको छ । यस्तै सहमतिमा आन्दोलनरत पक्षबाट आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपुर्ण राजनीतिक गतिबिधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने सहमति पनि भएको छ ।
सहमतिमा पहिचानको आन्दोलनको क्रममा भएका घाइतेहरुको उपचारको ब्यवस्थापन र शहीद परिवारलाई क्षतीपुर्तिको ब्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने, आन्दोलनका क्रममा कारागारमा रहेकाहरुको रिहाइ र मुद्धा लागेका ब्यक्तिहरुको मुद्धा फिर्ताको प्रकृया अघि बढाउने सहमति पनि भएको छ ।
सहमतिमा सरकारी बार्ता टोलीका संयोजक कमलप्रसद जबेगु, सदस्यहरु गणेशप्रसाद उप्रेती र लक्ष्मीप्रसाद पौडेल तथा पहिचान पक्षधरको तर्फबाट संयोजक डेकेन्द्र सिंह थेगिम तथा सदस्यहरु गोबिन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन, पदम लिम्बु, अर्जुन जुम्रेली राई, डम्बर लावती, पदम जबेगु र चन्द्रकुमार चौधरीले हस्ताक्षर गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्