जनता टाइम्स

६ आश्विन २०७६, सोमबार १२:२०

मोदीले अमेरिकामा ‘फिर ट्रम्प सरकार’ भनेपछि..


अमेरिका, असोज ६ । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा फेरि राष्ट्रपति डोनाल्ड ट्रम्पकै सरकार हुने घोषणा गर्नुभएको छ । आइतबार अमेरिकामा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्मकै सामुन्नेमा उभिएर मोदीले ‘ह्वाइट हाउसमा अगली बार फिर डोनाल्ड ट्रम्प सरकार भन्ने घोषणा गर्नुभएको थियो ।

आफ्नो सम्बोधनको क्रममा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पले सत्ता सम्हालेपछि अमेरिका र भारतको सम्बन्धमा निकै सुधार आएको र अरु सवैले सोचे भन्दा निकै माथि पुगेको भन्दै ट्रम्पको उच्च प्रसंशासमेत गर्नुभयो । अमेरिकी राष्ट्रपति ट्रम्पको प्रसंशा गर्दै चुनावी प्रचारमा नै मोदी उत्रनुभएपछि भारतमा भने बिरोध भएको छ । भारतीय कांग्रेस पार्टीले प्रधानमन्त्री मोदीले ट्रम्पको चुनाव प्रचार गरी बिदेश नीतिबिपरित गएको बताएको हो ।

भारतीय कांग्रेसका नेता तथा पूर्व केन्द्रीय मन्त्री आनन्द शर्माले प्रधानमन्त्री मोदीप्रति कडा आलोचना गर्नुभयो । उक्त कार्यक्रमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाब प्रचारका रुपमा टिप्पणी गर्दै शर्माले यो भारतको विदेशी नीतिको उल्लंघन भएको बताउनु भएको हो । सन् २०२० मा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । प्रधानमन्त्री मोदीले आफू अमेरिकी चुनावको ‘स्टार प्रचारक’का रुपमा त्यहाँ नगएको हेक्का राख्नुपर्ने शर्माको भनाई छ ।

उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले सम्बोधन गर्दै आफ्नो कार्यकालमा भएका उपलब्धी राख्दै भारतीय–अमेरिकी समुदायलाई एक आपसमा जोड्नमा बिषयमा केन्द्रित हुनुभयो । कार्यक्रममा मोदीले ट्रम्पको प्रसंशा गर्दै उहाँलाई भारतको असल मित्र बताउनु भयो । हाउडी मोदी कार्यक्रम समाप्त भएपछि शर्माले ट्विट्मार्फत यससम्बन्धमा प्रतिक्रिया दिनुभएको हो । उहाँले मोदीले ट्रम्पको चुनाव प्रचार गरेको आरोप लगाउनु भएको छ ।