जनता टाइम्स

१ फाल्गुन २०८०, मंगलवार १२:१४

बलिउड फिल्म ‘कर्मा मिट्स किस्मत’मा मेनुकाको पार्श्व गायन


मुम्बई, २९ माघ । गायन रियालिटी शो ‘इन्डियन आइडल १४’ मा नेत्रहीन प्रतियोगी मेनुका पौडेल सञ्जय मिश्रा अभिनित ‘कर्मा मिट्स किस्मत’ प्रोजेक्टमा पार्श्व गायिकाका रुपमा छनोट भएकी छन् ।

गायन रियालिटी शो ‘इन्डियन आइडल १४’ मा नेत्रहीन प्रतियोगी मेनुका पौडेल सञ्जय मिश्रा अभिनित ‘कर्मा मिट्स किस्मत’ प्रोजेक्टमा पार्श्व गायिकाका रुपमा छनोट भएकी हुन् ।

लेखक तथा निर्देशक गीताञ्जली सिन्हाले निर्देशन गरेको यस फिल्ममा फरिदा जलाल, अल्का अमीन, वैष्णवी म्याकडोनाल्ड, अम्मान खान र नुपुर शर्माको पनि अभिनय रहेको छ । चलचित्रमा सोनु निगम र साधना सरगमको पनि गीत रहेको छ ।

गीत गाएर आफ्नो अनुभव बाँड्दै मेनुकाले भनिन्, ‘मलाई यो सुन्दर बाटो खुलेको माया र आशीर्वादले म अत्यन्तै प्रभावित छु । यो फिल्मको एक हिस्सा हुन पाउनु ठूलो आशिष् हो र यसको कथाले मलाई गहिरो प्रेरणा दिएको छ। यो रोमान्टिक सुफी गीत एक उत्कृष्ट कृति हो, जुन सीधा हृदयमा जान्छ र हामीलाई यसको शुद्ध रूपमा प्रेमको सम्झना गराउँदछ।’

उनले भनेकी छिन, ‘अरन सर र लेखक निर्देशक गीताञ्जली दीदीसँग काम गर्नु अभूतपूर्व सिक्ने अनुभव थियो। रेकर्डिङ सत्रमा म जोशले भरिपूर्ण थिए, जसका कारण बिना कुनै हिचकिचाहट हृदयदेखि नै गाउन सकेको थिएँ । म शुद्ध बिना शर्त प्रेमको भावनामा पूर्ण रूपमा डुबेको थिएँ ।’

गीताङ्गका लागि मेनुका पौडेललाई किन रोज्नुभयो भन्ने कुरा बताउँदै गीताञ्जली सिन्हाले भनिन्, ‘मेनुकाको स्वरमा इमानदारी र शुद्धता छ, जसले मलाई चुम्बकजस्तै उनीतिर तान्यो। गीतले निर्दोषता र अटल विश्वासको माग गर्दछ, जुन मेनुकाको प्राकृतिक गायन शैलीसँग मिल्दोजुल्दो छ।’