जनता टाइम्स

१ फाल्गुन २०८०, मंगलवार १६:०२

ज्ञानेन्द्र, शक्ति र रिजनले पास गरे आईसीसीको लेभल- २ कोचिङ कोर्स


काठमाडौँ, १ फागुन । नेपालका पुर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजनाले आईसीसीको लेभल( २ कोचिङ कोर्स पास गरेका छन् ।

नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्राजुले आईसीसीको लेभल( २ को कोचिङ कोर्स उत्तीर्ण गरेका हुन् ।

सिंगापुरमा सम्पन्न कोचिङ कोर्समा ज्ञानेन्द्र शिर्ष स्थानमा रहेका थिए भने शक्ति दोस्रो र रिजन तेस्रो भएको क्यानले जनाएको छ ।

आईसीसीको लेभल( २ तहको कोचिङ कोर्स उत्तीर्ण गरेपछि अब तीनै जनाले स्थानीय, जिल्ला र प्रदेशस्तरको तथा जुनियर तहका क्रिकेट खेलाडीलाई कोचिङ गर्न सक्नेछन् ।